ad ad

ग्लोबल


केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट दिए राजीनामा

केजरीवालले दिल्लीको मुख्यमन्त्री पदबाट दिए राजीनामा

लेफ्टिनेन्ट गभर्नर विनय कुमार सक्सेनालाई राजीनामा बुझाउँदै केजरीवाल


नेपालखबर
असोज १, २०८१ मंगलबार १८:३८, काठमाडौँ

अरविन्द केजरीवालले मंगलबार दिल्लीको मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन्।

केजरीवालले लेफ्टिनेन्ट गभर्नर (उपराज्यपाल) विनय कुमार सक्सेनालाई राजीनामा बुझाएका छन्। आम आदमी पार्टीका नेता गोपाल रायले सो जानकारी दिएका हुन्।

गोपाल रायले भने, ‘जेलबाट आएपछि अरविन्द केजरीवालले दिल्लीका जनताले फेरि साथ दिएर विजयी नगरेसम्म मुख्यमन्त्री पदमा नबस्ने घोषणा गरेका थिए।’

उनले थपे, ‘(आम आदमी पार्टीको) विधायक दलकी नेता आतिशीले जतिसक्दो चाँडो सरकार गठन गर्ने दाबी पेस गरेकी छन्। उपराज्यपाललाई सकेसम्म चाँडो शपथ ग्रहणको मिति सुनिश्चित गर्न अनुरोध गरिएको छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .