इजरायली रक्षा बल (आईडीएफ) ले विज्ञप्ति जारी गर्दै लेबनानमा आफ्ना सात सैनिक मारिएको जनाएको छ।
तीसमेत लेबनानमा जारी द्वन्द्वमा आठ इजरायली सैनिकको मृत्यु भएको छ।
यसअघि इजरायलले लेबनानमा आफ्ना एक सैनिकको मृत्यु भएको बताएको थियो।
स्थलगत हमलाको सुरुवातमा क्याप्टेन इथन यित्जाक मारिएको इजरायली सैनिकले जनाएको छ।
इजरायली सेनाले लेबनानमा मारिएका आफ्ना सैनिकको नाम एक्समार्फत सार्वजनिक गरेको छ।
इजरायलले दक्षिणी लेबनानमा स्थलगत कारबाही सुरु गरेको छ।
हिजबुल्लाहसँगको लडाइँमा सात सैनिक घाइते पनि भएको आईडीएफले जनाएको छ।
138
Shares
प्रतिक्रिया