ad ad

ग्लोबल


तेस्रोपटक पनि राष्ट्रपति बन्न असफल भए विक्रमासिंगे, राजापाक्षेले पाए २.५ प्रतिशत मत

तेस्रोपटक पनि राष्ट्रपति बन्न असफल भए विक्रमासिंगे, राजापाक्षेले पाए २.५ प्रतिशत मत

नेपालखबर
असोज ६, २०८१ आइतबार १९:४३,

शनिबारको निर्वाचनमा पराजित भएसँगै रनिल विक्रमासिंगेलाई राष्ट्रपति बन्ने प्रयासमा तेस्रो असफलता हात लागेको छ।

यसअघि १९९९ र २००५ मा पनि उनी राष्ट्रपति पदमा उम्मेदवार बनेका थिए।

उसो त उनी ६ पटक प्रधानमन्त्री भइसकेका छन्। तर, उनले कहिल्यै कार्यकाल भने पूरा गर्न पाएनन्।

त्यसका अलावा २०२२ को विद्रोहका क्रममा राष्ट्रपति गोताबाय राजापाक्षे भागेपछि संसदले उनलाई बाँकी कार्यकालका लागि राष्ट्रपति बनाएको थियो।

तर, चुनाव जितेर राष्ट्रपति बन्ने धोको भने यसपटक पनि पूरा भएन। उनी तेस्रो स्थानमा खुम्चिए।

उनले १७‍.२५ अर्थात् झण्डै २३ लाख मत पाए।

चौथो स्थान भने नमाल राजापाक्षेले ओगटेका छन्। उनी महिन्दा राजापाक्षेका छोरा हुन्।

३८ वर्षीय नमालले २.५ प्रतिशत मत ल्याएका छन्। एजेन्सी

यो पनि :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .