ad ad

ग्लोबल


भाग्यले ठगिएका विक्रमासिंगे : ६ पटक प्रधानमन्त्री भए तर कहिल्यै कार्यकाल पुरा गर्न पाएनन्

भाग्यले ठगिएका विक्रमासिंगे : ६ पटक प्रधानमन्त्री भए तर कहिल्यै कार्यकाल पुरा गर्न पाएनन्

नेपालखबर
असार २५, २०७९ शनिबार २१:४, काठमाडौँ

गत मेमा संकट गहिरिँदै जाँदा जब रनिल विक्रमासिंगे श्रीलंकाको प्रधानमन्त्री बन्ने घोषणा गरियो, तब धेरै श्रीलंकाली जनता छक्क परे। किनभने विक्रमासिंगे मुलुकको इतिहासमै सबैभन्दा बढी छैटौँ पटक प्रधानमन्त्री बन्दै थिए। 

विक्रमासिंगे राजापाक्षे परिवारको निकट मानिन्छन्। धेरैको विचारमा राजापाक्षेहरुको सुरक्षाको ग्यारेन्टी गर्नै विक्रमासिंगेलाई सो पदका लागि रोजिएको थियो।

मानिसहरुको निराशाका बाबजुद उनी छैटौँ पटक प्रधानमन्त्री भइछाडे। तर, यस पटक पनि उनले आफ्नो कार्यकाल पुरा गर्न नपाउने भएका छन्।

उसो त अहिलेसम्म उनले एउटा कार्यकाल पनि पुरा गर्न पाएका छैनन्। शनिबार प्रदर्शनकारीहरु उनको सरकारी निवासमा प्रवेश गरेलगत्तै विक्रमासिंगेले राजीनामा दिने घोषणा गरेका छन्।

विक्रमासिंगे पहिलो पटक १९७७ मा सांसदमा चुनिएका थिए। १९८९ मा रनसिंगे प्रेमदासा राष्ट्रपति भएपछि उनी पार्टीमा छिटोछिटो बढुवा भए।

पहिलो पटक १९९३ देखि १९९४ सम्म उनी प्रधानमन्त्री भए।

त्यसबेला एप्पावाला सहरमा उनले सम्बोधन गरिरहेको भेलामा बम विस्फोट हुँदा उनी थोरैले बच्न सफल भएका थिए। 

सन् २००० छेका उनी राष्ट्रपतिका बलिया दाबेदार मानिन थालेका थिए। तर, त्यसपछि उनको भाग्यमा ग्रहण लाग्यो।

त्यसपछि डिसेम्बर २००१, जनवरी २०१५, अगस्ट २०१५, डिसेम्बर २०१८ र मे २०२२ मा पनि उनले प्रधानमन्त्री पदको शपथ लिए। 

२५० जनाको ज्यान जानेगरी २०१९ मा भएको बम विस्फोटनका बेला उनी नै प्रधानमन्त्री थिए।

अगाडि नै आक्रमणबारे गुप्तचर सूचना प्राप्त भए पनि आफूसम्म त्यो नआइपुगेको उनको भनाइ थियो।

गत चुनावमा उनको कुनै बेलाको सत्तारुढ पार्टी यूएनपीले मात्र एक सांसद जित्यो। जसका कारण संसदमा दलका तर्फबाट उनी एक्लो प्रतिनिधि भए।

दुई महिनाअघि उनी प्रधानमन्त्री हुँदा जनतामा चर्को आक्रोश देखिन्थ्यो। त्यसैले छैठौँ पटक पनि भाग्यले उनलाई ठग्यो। बीबीसी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .