सामान्यतया हेलमेट मोटरसाइकल चलाउनेले लगाउँछन्। तर भारतको पश्चिम बंगालमा बसका चालकले पनि हेलमेट लगाउन थालेका छन्।
भारतीय सञ्चारमाध्यमका अनुसार भारतको पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले बुधबार १२ घण्टे आमहड्ताल घोषणा गरेको छ।
बिहान ६ बजेदेखि साँझ ६ बजेसम्म बन्द आह्वान गरिएका कारण त्यहाँ सवारीसाधन, बजार बन्द छन्। तर पश्चिम बंगाल सरकारले सरकारी बस सञ्चालन गराएको छ।
सोही कारण ढुंगामुढा भइहालेमा टाउकोमा चोट नलागोस् भनेर त्यहाँ सरकारी बसका चालकलाई सरकारले हेलमेट लगाउन भनेको हो।
भिडिओ-
#WATCH भाजपा द्वारा 12 घंटे का 'बंगाल बंद' बुलाने पर हावड़ा में सरकारी बस के ड्राइवर हेलमेट पहने दिखे।
एक बस ड्राइवर ने कहा, "आज बंद है, इसलिए डिपार्टमेंट ने हमें हेलमेट दिया है..." pic.twitter.com/PZ6z1054Lr — ANI_HindiNews (@AHindinews) August 28, 2024
बन्दकर्ताले रेल सेवासमेत बन्द गराएका छन् । भाजपाले आफ्ना २ सयभन्दा धेरै कार्यकर्ता पक्राउ परेको जनाएको छ।
पश्चिम बंगालको कोलकातास्थित आरजी कर मेडिकल कलेज अस्पतालमा पोस्ट ग्र्याजुयट गरिरहेकी प्रशिक्षार्थी डाक्टर अगस्ट ९ मा अस्पतालकै सेमिनार हलमा मृत भेटिएकी थिइन्। उनको बलात्कारपछि हत्या गरिएको आशंकामा अनुसन्धान जारी छ।
त्यही घटनाको विरोधमा भारतमा आन्दोलन जारी छ।
Shares

प्रतिक्रिया