ad ad

ग्लोबल


अस्ट्रेलियाले तोक्यो विदेशी विद्यार्थीको कोटा, २०२५ मा २ लाख ७० हजारजना मात्र लिने

अस्ट्रेलियाले तोक्यो विदेशी विद्यार्थीको कोटा, २०२५ मा २ लाख ७० हजारजना मात्र लिने

नेपालखबर
भदौ ११, २०८१ मंगलबार १६:६,

अस्ट्रेलियाले आफ्ना शैक्षिक संस्थामा सन् २०२५ मा २ लाख ७० हजार विद्यार्थी मात्र लिने भएको छ। आप्रवासी संख्या घटाएर महामारीअघिकै तहमा झार्न उसले यस्तो उपाय लगाएको हो।

त्यसका लागि प्रत्येक उच्च शिक्षा प्रदायकलाई संख्या तोकिने सरकारले मंगलबार घोषणा गरेको छ। सबैभन्दा ठूलो कटौती सीपमूलक शिक्षा र तालिम दाताहरूले बेहोर्नेछन्।

यो नियम परिवर्तनले अस्ट्रेलियाको शिक्षा उद्योग भने क्रुद्ध भएको छ। कतिपय विश्वविद्यालयले यसलाई ‘आर्थिक विध्वंस’ भनेका छन्। तर, सरकारले यो योजनाले शिक्षाको गुणस्तर कायम राख्नुका साथै शैक्षिक क्षेत्रलाई दीर्घकालीन रूपले फाइदा नै गर्ने बताएको छ।

अस्ट्रेलियामा अहिले करिब ७ लाख १७ हजार विदेशी विद्यार्थी रहेको अनुमान छ। शिक्षामन्त्री जेसन क्लार्कले महामारीमा शिक्षा क्षेत्रले ठूलो नोक्सान बेहोरेको स्वीकार गरे।

तर, कोभिड अघिभन्दा अहिले युनिभर्सिटीमा विदेशी विद्यार्थीको संख्या १० प्रतिशत र निजी सीपमूलक तालिम केन्द्रहरूमा ५० प्रतिशतसम्म बढी भएको उनको भनाइ छ।

मानिसहरूले शिक्षा उद्योगलाई छिटो पैसा कमाउने माध्यम बनाएको उनले बताए। त्यसका लागि भाषामा पर्याप्त ज्ञान नभएकालाई स्वीकार गरेको, राम्रो शिक्षा उपलब्ध नगराएको र पढाइभन्दा काम गर्न चाहनेहरूलाई भर्ना गरेको आरोप लाग्दै आएको छ। 

अस्ट्रेलियाले यसअघि नै भाषा परीक्षामा कडाइ गर्ने घोषणा गरिसकेको छ। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .