ad ad

राजनीति


प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदीय समितिको निर्देशन : भाषण होइन काम गर्नुस्

प्रधानमन्त्री र मन्त्रीहरूलाई संसदीय समितिको निर्देशन : भाषण होइन काम गर्नुस्

फाइल फोटो/ विकास, आर्थिक मामिला तथा सुशासन समिति सभापति कमला पन्त


नेपालखबर
भदौ ११, २०८१ मंगलबार १६:१३, काठमाडौँ

संसदीय समितिले प्रधानमन्त्री र मन्त्रीहरूलाई काममा बढी ध्यान दिन निर्देशन दिएको छ।

मंगलबार विकास, आर्थिक मामिला तथा सुशासन समितिले प्रधानमन्त्री र मन्त्रीले भाषण भन्दा पनि काम गर्ने आवश्यक रहेको भन्दै धेरै नबोल्न निर्देशन दिएको हो।

समिति बैठकमा बोल्दै सभापति कमला पन्तले जनता प्रधानमन्त्री र मन्त्रीहरूले भाषण भन्दा पनि काम गरेको हेर्न चाहेकाले भाषण भन्दा पनि काम गर्न आग्रह गरिन्।

उनले विशेष गरी प्रधानमन्त्रीले बोल्ने कुराहरू कानून जस्तै भएकाले प्रधानमन्त्रीले भाषण भन्दा पनि काम गर्न आवश्यक रहेको बताइन्।

सभापति पन्तले प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्न भन्दै काम गरेर देखाउने समय भएको बताइन्।

संसदीय समितिहरूको पनि कानून बनाउने तर कार्यान्वयन भए/नभएको निगरानी नगर्ने कमजोरी रहेको उनको भनाई छ।

उनले भनिन्, ‘प्रधानमन्त्री तथा सरकारका मन्त्रीहरुलाई पनि बोल्ने भन्दा पनि काम गर्नुस्। प्रधानमन्त्री र मन्त्री फिल्डमा जाने भाषण गर्ने भन्दा पनि नबोल्नुस्, अहिले काम गर्नुस्। काम गरेपछि बोलेको भन्दा बढी हुन्छ। जनता मन्त्रीहरूको भाषण सुनेर दिक्क भएका छन्। समितिहरूका कमजोरीहरू पनि छन्। विधायकी भूमिकामा बस्नेहरूको पनि निगरानी पुगेन। प्रधानमन्त्रीले बोलेको कुरा कानुन हो। धेरै बोलेर के अर्थ हुन्छ। बोल्नु भएन काम गर्नुपर्यो।’

सभापति पन्तले सरकारले कृषिमा आधारित उद्योगहरु बढाउन आवश्यक रहेको भन्दै कृषि र उद्योग मन्त्रालयको समन्वय मार्फत लगानीको वातावरण बनाउन आग्रह गरिन्।
 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .