भारतको कोलकातास्थित आरजी कर मेडिकल कलेजमा महिला डाक्टरको बलात्कार र हत्या प्रकरणमा केन्द्रीय अनुसन्धान ब्युरो (सीबीआई) ले कलेजका पूर्वप्राचार्य डा. सन्दीप घोषलाई बिहीबार स्थानीय अदालतमा पेस गरेको छ।
जहाँ सीबीआईले घोषसहित अन्य केही व्यक्तिको पोलिग्राफ टेस्टको माग गरेको छ। अदालतले यो मागलाई स्वीकार गर्दै परीक्षणको अनुमति दिएको छ।
सीबीआई स्रोतका अनुसार डा. घोषका साथै अन्य चार डाक्टरको पोलिग्राफ टेस्ट गर्न अदालतले स्वीकृति दिएको हो।
भिडिओ-
— ANI (@ANI) August 22, 2024#WATCH | RG Kar Medical College and Hospital rape-murder case | Kolkata, West Bengal: CBI brings former principal of the Medical College and Hospital, Dr Sandip Ghosh to CBI Special Crime Branch at CGO complex, Salt Lake. pic.twitter.com/jamxREwiJ4
यही अगस्ट ९ तारिखको राति कोलकाताको आरजी कर मेडिकल कलेजमा एक जुनियर महिला डाक्टरको बलात्कारपछि हत्या गरिएको थियो।
Shares
प्रतिक्रिया