ad ad

ग्लोबल


कोरोना संक्रमण फैलिने डरले इरानमा ५४ हजार कैदी रिहा

कोरोना संक्रमण फैलिने डरले इरानमा ५४ हजार कैदी रिहा

नेपालखबर
फागुन २१, २०७६ बुधबार ३:८,

धेरै चाप भएका कारागारमा कोरोना भाइरस सङ्क्रमण नफैलियोस् भनेर इरान सरकारले ५४ हजार भन्दा बढी कैदीलाई अस्थायी रूपमा रिहा गरिदिएको छ।

इरानमा कोरोनाभइरसबाट अहिलेसम्म ७७ जनाको ज्यान गइसकेको छ। धेरै चाप भएका कारागारहरूमा नयाँ कोरोनाभाइरस सङ्क्रमण नफैलियोस् भनेर इरानले ५४ हजार भन्दा धेरै कैदीबन्दीलाई अस्थायी रूपमा रिहा गरिदिएको हो।

बीबीसीका अनुसार इरानी न्यायपालिकाका प्रवक्ता घोलामहोसिन इस्माइलीले परीक्षणबाट कोभिड १९ नभएको पुष्टि भएपछि जमानत लिएर उनीहरूलाई केही दिनका लागि छाडिएको बताए।

पाँच वर्षभन्दा बढी जेल सजाय सुनाइएका सुरक्षासँग सम्बन्धित कैदीलाई भने छाडिएको छैन।

एक ब्रिटिश सांसदका अनुसार इरानको जेलमा रहेकी सामाजिक कार्यकर्ता नाजनीन जाग्हारी रेट्क्लिफ पनि चाँडै छुट्न सक्नेछिन्।

ट्यूलिप सिद्दिकले इरानी राजदूतलाई उद्धृत गर्दै जाग्हारी रेट्क्लिफ सम्भवतः केही समयका लागि आज वा भोलि रिहा हुने बताएकी छन्।

उनका पतिले शनिवार तेहरानको एविन जेलमा रेट्क्लिफलाई कोभिड १९ भएको र त्यहाँका अधिकारीहरूले परीक्षण गराउन नमानेको बताएका थिए।

तर इस्माइलीले सोमवार बताएअनुसार त्यसपछि उनले परिवारसँग सम्पर्क गरिन् र आफ्नो स्वास्थ्यस्थिति राम्रो रहेको जानकारी दिइन्।

नाजनीन जाग्हारी रेट्क्लिफलाई जासुसीको आरोपमा पाँच वर्षका लागि जेल पठाइएको थियो। रेट्क्लिफलाई जासुसीको आरोपमा सन् २०१६ मा पाँच वर्षका लागि जेल हालिएको थियो।

आफूलाई लागेको आरोप उनले अस्वीकार गरेकी छन्। यूकेले पनि उनी निर्दोष रहेको दाबी गर्दै आएको छ।

विश्वभरि अहिलेसम्म ९० हजार भन्दा बढीमा कोभिड १९ भएको पुष्टि भइसकेको छ।

गत डिसेम्बरको अन्त्यतिरबाट सुरु भएको उक्त सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३,१०० नाघेको छ। इरानमा दुई साताभन्दा कम समयमा कम्तिमा ७७ जनाको ज्यान गइसकेको छ।

इरानी अधिकारीहरूले मङ्गलवार लगातार दोस्रो दिन सङ्क्रमण पुष्टि भएका मानिसको सङ्ख्या ५० प्रतिशतभन्दा बढी भएको बताएका छन्। पुष्टि भएको सङ्ख्या २,३३६ भए पनि वास्तविक सङ्ख्या धेरै भएको अनुमान छ।

अफगानिस्तान, क्यानडा, लेबनन, पाकिस्तान, कुवेत, बाहरेन, इराक, ओमन, कतार र संयुक्त अरब इमिरेट्समा पनि इरानसँग जोडिएका व्यक्तिहरूमा सङ्क्रमण पाइएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .