ग्लोबल


नाइजेरियामा अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा परे

नाइजेरियामा अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा परे

फाइल तस्बिर : नाइजेरिया


नेपालखबर
भदौ २, २०८१ आइतबार ११:५, लागोस

पूर्वी नाइजेरियामा वार्षिक अधिवेशनमा जाँदै गरेका २० मेडिकल विद्यार्थी अपहरणमा परेको प्रहरी र विश्वविद्यालय स्रोतले जनाएका छन्।

क्याथोलिक मेडिकल एन्ड डेन्टल स्टुडेन्ट्सको महासंघले शनिबार जारी गरेको विज्ञप्तिमा बिहीबार साँझ विद्यार्थीहरू एनुगु सहरमा सम्मेलनमा सहभागी हुन जाँदै गर्दा अपहरण भएको जनाइएको छ।

‘नाइजेरियन मेडिकल स्टुडेन्ट्स एसोसिएसन’का महासचिव फर्च्युन ओलेले भने, “मैदुगुरी र जोस विश्वविद्यालयका २० विद्यार्थी र उनीहरूसँगै यात्रा गरिरहेका एक डाक्टर अपहरणमा परेका छन्। उनीहरूको रिहाइको बदलामा फिरौती मागिएको छ।”

नियमित रूपमा हमला र अपहरणको निशानामा रहने गरेको एनुगुबाट १५० किलोमिटरभन्दा कम दूरीमा रहेको ओतुक्पो सहर नजिकैको सडकबाट विद्यार्थीहरूलाई अपहरण गरिएको थियो।

बेनु राज्यको प्रहरी जनसम्पर्क अधिकारी क्याथरिन एनेनले पनि अपहरणको पुष्टि गरेका छन्। 

नाइजेरियामा गम्भीर आर्थिक सङ्कटका कारण अपहरण गर्ने क्रम बढेको छ।

राष्ट्रपति बोला अहमद टिनुबु सत्तामा आएकादेखि नाइजेरियामा चार हजार ७७७ अपहरणजन्य अपराधका मुद्दा दर्ता भएका छन्। रासस/एएफपी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad