ग्लोबल


शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारी

शेख हसिनाविरुद्ध अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्ने तयारी

फाइल तस्बिर : शेख हसिना


नेपालखबर
साउन ३१, २०८१ बिहिबार ७:४४, काठमाडौँ

बंगलादेशको अन्तरिम सरकारले जुलाईमा आरक्षणविरोधी आन्दोलनका क्रममा भएका मृत्युको जिम्मेवार व्यक्तिहरूविरुद्ध अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणमा मुद्दा चलाउने भएको छ।

कानुन, न्याय र संसदीय मामिलासम्बन्धी अन्तरिम सरकारका सल्लाहकार आसिफ नजरुलले बुधबार उक्त कुरा बताएका हुन्। 

अन्तरिम सरकारका सल्लाहकार आसिफ नजरुल

उनले भने, ‘आरक्षण सुधार आन्दोलनका क्रममा भएको नरसंहार र गोलीकाण्डको सुनुवाइका लागि केही मुद्दा दर्ता भइसकेका छन्। तर विद्यार्थी, मानवअधिकार संगठन र अन्य धेरैले यसलाई मानवताविरुद्धको अपराधका रूपमा छानबिन गरिनुपर्छ भनेका छन्।’ 

‘हामीले जुलाईमा भएको नरसंहारका लागि जिम्मेवार व्यक्तिहरूलाई अन्तर्राष्ट्रिय फौजदारी न्यायाधीकरणमा कारबाही गर्न सकिन्छ भन्ने पायौँ’, उनले थपे।

आसिफ नजरुलले अगाडि भने, ‘अनुसन्धान टोलीले संयुक्त राष्ट्रसंघअन्तर्गत काम गर्नेछ। हत्यामा संलग्न पूर्वप्रधानमन्त्री शेख हसिनालगायत कसैलाई पनि छुट दिइने छैन।’

बंगलादेशमा गत जुलाईमा शेख हसिना सरकारविरुद्धको भएको आन्दोलनमा झन्डै ४ सय मानिस मारिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad