ad ad

ग्लोबल


बंगलादेशका पूर्व कानुनमन्त्री र शेख हसिनाका सल्लाहकार प्रहरी हिरासतमा

बंगलादेशका पूर्व कानुनमन्त्री र शेख हसिनाका सल्लाहकार प्रहरी हिरासतमा

नेपालखबर
साउन ३०, २०८१ बुधबार २२:११, काठमाडौँ

बंगलादेशका पूर्व कानुनमन्त्री अनिसुल हक र पूर्वप्रधानमन्त्री शेख हसिनाका निजी उद्योग तथा लगानी सल्लाहकार सलमान एफ रहमानलाई १० दिनको प्रहरी हिरासतमा पठाइएको छ।

बीबीसीका अनुसार ढाकाको न्यु मार्केट क्षेत्रका व्यवसायी शाहजहान अलीको हत्यामा संलग्न अभियोगमा दुवैलाई बुधबार मुख्य महानगरीय मजिस्ट्रेटको अदालतमा पेस गरिएको थियो।

त्यहाँबाट उनीहरूलाई १० दिनको प्रहरी हिरासतमा पठाउन आदेश दिइएको हो। प्रहरीले अदालतसँग १० दिनको म्याद मागेको थियो।

१६ जुलाईमा शाहजहान अलीकी आमा आयशा बेगमले हत्याविरुद्ध जाहेरी दिएकी थिइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .