इलोन मस्कले अमेरिकाका पूर्वराष्ट्रपति र रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग सामाजिक सञ्जाल प्लेटफर्म एक्समा अन्तर्वार्ता लिइरहेका छन्।
अहिलेसम्म यो अन्तर्वार्तामा मस्क र ट्रम्पले धेरै विषयमा कुरा गरिसकेका छन्।
कमला ह्यारिसबारे के भने?
अन्तर्वार्तामा डोनाल्ड ट्रम्पले डेमोक्र्याटिक पार्टीबाट राष्ट्रपति पदका उम्मेदवार तथा उपराष्ट्रपति कमला ह्यारिसबारे पनि कुरा गरेका छन्।
उनले राष्ट्रपति पदको उम्मेदवार बनेपछि ह्यारिसले अहिले पहिले दिएजस्तो अन्तर्वार्ता नदिएको टिप्पणी गरे।
आइरन डोमबारे के भने?
इजरायलको मिसाइल रक्षा प्रणाली आइरन डोम सधैँ यसका लागि सुरक्षा कवच बनेको छ।
ट्रम्पले भने, ‘हामीसँग किन आइरन डोम छैन, इजरायलसँग छ?’
आइरन डोम छोटो दूरीका हतियारबाट हुने आक्रमणलाई रोक्न प्रभावकारी हुन्छ। यो २००६ मा अमेरिको सहयोगमा इजरायली कम्पनीहरूले बनाएका हुन्।
पुटिन र किम जोङबारे के भने?
ट्रम्पले आफू पुटिन र उत्तर कोरियाली नेता किम जोङ उनलाई चिन्ने बताए।
ट्रम्पले भने, ‘उनीहरू स्मार्ट छन्। जब उनीहरू (पुटिन र किम) कमला र सुतिरहेका (राष्ट्रपति जो बाइडेन) देख्छन्, उनीहरू विश्वास गर्न सक्दैनन्।!
ट्रम्पले पुटिनलाई युक्रेनमा आक्रमण नगर्न आग्रह गरेको तर पुटिनले नमानेको बताए।
बाइडेनलाई आरोप
ट्रम्पले बाइडेन राष्ट्रपति नभएको भए रुसले युक्रेनमा आक्रमण नगर्ने दाबी गरे।
ट्रम्पको भनाइप्रति मस्कले पनि समर्थन जनाए।
ट्रम्पले भने, ‘म पुटिनसँग राम्रोसँग मिल्छु र उहाँ पनि मलाई सम्मान गर्नुहुन्छ।’
ट्रम्पले पुटिनसँग बारम्बार कुरा गरेको पनि बताए।
उनले भने, ‘त्यो (युक्रेन) उनको (पुटिनको) आँखाको तारो थियो। मैले उनलाई त्यसो नगर्न भनेको थिएँ।’
Shares
प्रतिक्रिया