ग्लोबल


बंगलादेशभर इन्टरनेट बन्द

बंगलादेशभर इन्टरनेट बन्द

नेपालखबर
साउन २१, २०८१ सोमबार १४:५२, काठमाडौँ

बंगलादेश सरकारले देशभर इन्टरनेट सेवा बन्द गर्न आदेश दिएको छ।

सोबमोजिम त्यहाँ देशभर इन्टरनेट सेवा बन्द भएको बीबीसीले जनाएको छ। 

बंगलादेशमा सबैभन्दा बढी पढिने समाचार वेबसाइट ढाका ट्रिब्युन र यसको सहयोगी प्रकाशन कम्पनी बंगला ट्रिब्युन दुवै अफलाइन भएका छन्।

अर्को समाचार वेबसाइट डेली बंगला स्टार पनि बन्द भएको छ।

आरक्षणविरोधी आन्दोलनका कारण केही समयदेखि बंगलादेश तनावग्रस्त छ।

आइतबार मात्र प्रहरी र प्रदर्शनकारीबीच झडप हुँदा ९० जनाभन्दा बढीको ज्यान गएको छ। 

बंगलादेशमा सरकारी जागिरमा कोटा खारेज गर्न माग गर्दै जुलाईदेखि विद्यार्थी आन्दोलनमा छन्।

यो आन्दोलनमा देशमा ठूलो हिंसा र आगजनी भएको छ।

जसमा अहिलेसम्म झन्डै ३ सय जनाको मृत्यु भइसकेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad