ग्लोबल


भेनेजुएलामा फेरि ५.६ म्याग्निच्युडको भूकम्प

अघिल्लो भूकम्पबाट १४३० जनाको मृत्यु, ६८ हजार ९०० बेपत्ता
भेनेजुएलामा फेरि ५.६ म्याग्निच्युडको भूकम्प

भेनेजुएलाको ला गुएरा राज्यको काराबालेडामा भूकम्पपछि हराएका मानिसहरू खोजिँदै।


नेपालखबर
असार १४, २०८३ आइतबार ११:३, काठमाडौँ

दक्षिण अमेरिकी देश भेनेजुएलामा आइतबार फेरि भूकम्प गएको छ। 

युरो-मेडिटेरेनियन सिस्मोलोजिकल सेन्टर (ईएएससी) का अनुसार अरागुआ तटनजिकै समुद्रमा केन्द्रबिन्दु भएर आइतबार ५.६ म्याग्निच्युडको भूकम्प गएको हो। जुन ३० किलोमिटर गहिराइबाट गएको थियो।

स्थानीय समयअनुसार बुधबार (जुन २४) साँझ मात्र भेनेजुएलामा केही सेकेन्डको फरकमा ७.२ र ७.५ म्याग्निच्युडका शक्तिशाली भूकम्प गएका थिए। 

जसमा परी मृत्यु भएकाको संख्या १ हजार ४३० पुगेको छ भने ३ हजार ३०० भन्दा बढी घाइते भएका छन्। ढलेका संरचनाभित्र अझै ६८ हजार ९०० जना बेपत्ता छन्। खोजी जारी छ। 

यहीबिच शनिबार पनि भेनेजुएलामा ४.९ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad