ad ad

ग्लोबल


राष्ट्रपतिमा कमला ह्यारिसलाई हिलारी क्लिन्टनको पनि समर्थन

‘डोनाल्ड ट्रम्पविरुद्ध लड्न उनी एक्लै सक्दिनन्, हामी सबैले साथ दिनुपर्छ’
राष्ट्रपतिमा कमला ह्यारिसलाई हिलारी क्लिन्टनको पनि समर्थन

अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टन


नेपालखबर
साउन ८, २०८१ मंगलबार ७:२४, काठमाडौँ

अमेरिकी पूर्वविदेशमन्त्री हिलारी क्लिन्टनले उपराष्ट्रपति कमला ह्यारिसलाई आगामी अमेरिकी राष्ट्रपतिका लागि समर्थन गरेकी छन्।

यसअघि राष्ट्रपति जो बाइडेनले आगामी राष्ट्रपति चुनावमा नलड्ने घोषणा गर्दै ह्यारिसलाई समर्थन गरिसकेका छन्। 

यसपछि हिलारी क्लिन्टनले पनि उनीप्रति समर्थन जनाएकी हुन्। 

क्लिन्टन पनि डेमोक्र्याटिक पार्टीबाट अमेरिकी राष्ट्रपतिको उम्मेदवार बनिसकेकी व्यक्ति हुन्। 

क्लिन्टनले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘म कमला ह्यारिसलाई लामो समयदेखि चिन्छु। उनी एक प्रतिभाशाली वकिल हुन्। उनी दोषी अपराधी, डोनाल्ड ट्रम्प र हाम्रो स्वतन्त्रता खोस्ने ‘प्रोजेक्ट २०२५’ एजेन्डाविरुद्ध लड्नेछिन्। तर यो काम उनी एक्लैले गर्न सक्दिनन्।’

हिलारी क्लिन्टनले यस ‘ऐतिहासिक लडाइँ’मा कमला ह्यारिसको साथमा उभिन अमेरिकी नागरिकलाई अपिल पनि गरेकी छन्।

सन् २०१६ मा हिलारी क्लिन्टन अमेरिकाको प्रमुख राजनीतिक दल (डेमोक्र्याटिक) बाट राष्ट्रपतिको उम्मेदवारी जित्ने पहिलो महिला बनेकी थिइन्। त्यो वर्ष अमेरिकी राष्ट्रपति चुनावमा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पसँग हारिन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .