ad ad

ग्लोबल


राष्ट्रपति उम्मेदवारमा समर्थन पाएपछि ह्यारिसको पहिलो सम्बोधन, गरिन् बाइडेनको तारिफ

राष्ट्रपति उम्मेदवारमा समर्थन पाएपछि ह्यारिसको पहिलो सम्बोधन, गरिन् बाइडेनको तारिफ

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिस


नेपालखबर
साउन ८, २०८१ मंगलबार ६:३८, काठमाडौँ

अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले आफ्ना राष्ट्रपति जो बाइडेनले आफ्नो एकल कार्यकालमा दुई कार्यकाल पाएका अधिकांश अमेरिकी राष्ट्रपतिको विरासतलाई पछाडि पारेको दाबी गरेकी छन्।  

बाइडेनले डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदमा पुनः उम्मेदवारी छाड्दै आफूलाई समर्थन गरेपछि ह्यारिसको यो पहिलो सम्बोधन हो।

पेरिस ओलम्पिकअघि ह्वाइट हाउसमा अमेरिकी खेलाडीलाई अभिनन्दन कार्यक्रममा आफ्नो धारणा राखेकी हुन्। 

उनले राष्ट्रपति बाइडेनका तर्फबाट खेलाडीहरूलाई ह्वाइट हाउसमा स्वागत गर्दै शुभकामना पनि दिइन्।

यस क्रममा ह्यारिसले भनिन्, ‘मैले उहाँको (जो बाइडेनको) इमानदारी, निष्ठा, प्रेम र देशप्रतिको समर्पण अनुभव गरेको छु। म त्यसको साक्षी हुँ। उहाँको विगत तीन वर्षको विरासत कसैसँग तुलना हुन सक्दैन।’ 

ह्यारिसले राष्ट्रपति बिडेनको स्वास्थ्यमा तीव्र सुधार भइरहेको बताइन् । केही दिन अघि मात्रै बाइडेनलाई कोरोना संक्रमण देखिएको थियो।

अमेरिकी राष्ट्रपति पदका लागि उम्मेदवारी त्याग्दै राष्ट्रपति बाइडेनले उपराष्ट्रपति ह्यारिसको नामलाई समर्थन गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .