ad ad

ग्लोबल


हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भन्यो- इजरायली आक्रमणमा ७० जनाको मृत्यु भयो

हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले भन्यो- इजरायली आक्रमणमा ७० जनाको मृत्यु भयो

नेपालखबर
साउन ८, २०८१ मंगलबार ८:१४, काठमाडौँ

गाजामा हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले दक्षिणी सहर खान युनिसमा इजरायली हमलामा कम्तीमा ७० जनाको मृत्यु भएको जनाएको छ।

इजरायलले प्यालेस्टाइनी लडाकुविरुद्धको कारबाहीअघि गाजाका आवासीय क्षेत्र खाली गर्न आदेश दिएपछि सो घटना भएको बीबीसीले उल्लेख गरेको छ। 

इजरायली सेनाले सोमबार बिहान खान युनिसको पूर्वी क्षेत्रबाट आतंकवादी गतिविधि र रकेट आक्रमण भएको बताएको थियो। उक्त क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई अल-मवासी आवासीय क्षेत्रमा जान भनिएको छ।

इजरायली सेनाले यसपछि उक्त क्षेत्रमा भारी बमबारी गरेको, जसका कारण आतंककारी र उनीहरूका पूर्वाधार ध्वस्त भएको बताएको छ ।

त्यहाँ सयौँ मानिस पैदलै र कारमा भागिरहेको देखियो।

यसैबीच प्यालेस्टिनी रेड क्रिसेन्टले पाँच जनाको शव र ३३ जना घाइतेलाई अल अमल अस्पतालमा ल्याइएको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .