ad ad

ग्लोबल


बाइडेनलाई भयो कोरोना संक्रमण, झन् बढ्नसक्छ राष्ट्रपति चुनाव नलड्न दबाब

बाइडेनलाई भयो कोरोना संक्रमण, झन् बढ्नसक्छ राष्ट्रपति चुनाव नलड्न दबाब

नेपालखबर
साउन ३, २०८१ बिहिबार १०:३०, काठमाडौँ

अमेरिकाका राष्ट्रपति जो बाइडेनलाई कोरोना संक्रमण भएको छ। 

राष्ट्रपति पदको दौडबाट पछि हटेर अर्कालाई मौका दिन डेमोक्र्याटिक पार्टीबाटै दबाब बढ्दै गएका बेला बाइडेनलाई कोभिड भएको हो। 

अब बाइडेनलाई राष्ट्रपतिको चुनाव नलड्न झन् दबाब बढ्नसक्छ।

ह्वाइट हाउसका प्रेस सेक्रेटरी करेन जीन पियरेका अनुसार अमेरिकी राष्ट्रपतिलाई कोरोनाविरुद्ध भ्याक्सिन दिइएको छ।

प्रेस सेक्रेटरीका अनुसार बाइडेनलाई यसअघि पनि दुईपटक कोभिड–१९ भएको थियो।

अहिले फेरि कोरोना संक्रमण भएको कुरा बाइडेन आफैँले पनि सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

उनले आफू स्वस्थ हुँदै गएको उल्लेख गर्दै आफ्नो स्वास्थ्यलाभको कामना गर्ने सबैलाई धन्यवाद दिएका छन्।

बाइडेन बुधबार लस भेगासमा आफ्ना समर्थकसँग भेटघाट र अन्तरक्रिया गरिरहेका थिए। पछि उनले चुनावी भाषण रद्द गरे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .