ad ad

ग्लोबल


८१ वर्षका बाइडेनलाई अब राष्ट्रपतिको उम्मेदवार नबन्न बढ्यो दबाब

८१ वर्षका बाइडेनलाई अब राष्ट्रपतिको उम्मेदवार नबन्न बढ्यो दबाब

जर्ज क्लुनी र जो बाइडेन


नेपालखबर
असार २७, २०८१ बिहिबार ९:४१, काठमाडौँ

अमेरिकी राष्ट्रपति चुनावमा डेमोक्रेटिक पार्टीको उम्मेदवारीबाट पछि हट्न राष्ट्रपति जो बाइडेनमाथि दबाब बढ्दै गएको छ।

यसका लागि दबाब दिनेहरूको सूचीमा पछिल्लोपटक डेमोक्रेट फन्डरेजर तथा हलिउड व्यक्तित्व जर्ज क्लुनी देखिएका छन्। 

उनले न्युयोर्क टाइम्समा लेख लेख्दै बाइडेनलाई राष्ट्रपति चुनावको दौडबाट बाहिरिन अपिल गरेका हुन्। 

आफूले तीन हप्ताअघि एक फन्डरेजर कार्यक्रममा बाइडेनलाई भेटेको उल्लेख गर्दै उनले लेखेका छन्, ‘उनी २०१० को बाइडेनजस्तो लाग्दैनन्, २०२० को बाइडेनजस्तो पनि देखिएनन्।’ 

यसअघि सभामुख न्यान्सी पेलोसीले ८१ वर्षीय बाइडेनको उम्मेदवारीमा प्रश्न उठाएकी थिइन्। 

भर्मन्टका अमेरिकी सिनेटर पिटर वेल्सले वासिङ्टन पोस्ट अखबारमा लेख लेखेर बाइडेनलाई ‘देशको हितमा उम्मेदवारी त्याग्न’ आग्रह गरेका थिए। 

क्लुनीले बाइडेनको उम्मेदवारीले डेमोक्र्याटहरूले यो चुनाव जित्न नसक्ने चेतावनी दिएका छन्।

यसैबीच आज राष्ट्रपति बाइडेनका वरिष्ठ राजनीतिक सल्लाहकारहरूले उनको उम्मेदवारीको सन्दर्भमा उठ्ने प्रश्नहरूबारे छलफल गर्न डेमोक्र्याटिक सिनेटोरियल अभियान समितिसँग भेट गर्दै छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .