ad ad

ग्लोबल


ट्रम्पलाई गोली हान्ने युवक रिपब्लिकन पार्टीकै सदस्य

आक्रमणकारीले आफ्ना बुवाले ६ महिनाअघि मात्र किनेको राइफलबाट हानेका थिए गोली
ट्रम्पलाई गोली हान्ने युवक रिपब्लिकन पार्टीकै सदस्य

ट्रम्पलाई गोली प्रहार गर्ने २० वर्षीय थोमस म्याथ्यु क्रुक्स, उनी पनि घटनास्थलमै मारिए।


नेपालखबर
असार ३१, २०८१ सोमबार १२:२८, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली प्रहार गर्ने २० वर्षीय थोमस म्याथ्यु क्रुक्स ट्रम्पकै राजनीतिक दल रिपब्लिकन पार्टीको सदस्य भएको खुलेको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार स्थानीय मतदाता सूची हेर्दा आक्रमणकारी युवक रिपब्लिकन पार्टीको सदस्य रहेको खुलासा भएको हो। 

पेन्सिलभेनियाको बेथेल पार्कका बासिन्दा उनी स्थानीय नर्सिङ होमको किचनमा काम गर्थे। 

शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी सभामा ट्रम्पलाई गोली हानिएको थियो। गोली उनको दाहिने कान छेडेर गएको थियो। ट्रम्पको कान र अनुहारमा रगत बगेको थियो। यद्यपि उनी सुरक्षित छन्। 

सुरक्षा निकायले आक्रमणकारीलाई घटनास्थलमै गोली हानेर मारेको थियो। आक्रमणमा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

अनुसन्धान एजेन्सीहरूले डीएनए र फेसियल रिकग्निसन टेक्नोलोजीमार्फत आक्रमणकारी युवकको पहिचान गरेका हुन्।

अनुसन्धानकर्ताहरूले आक्रमणकारी युवकले एआर-१५ सेमी-अटोमेटिक राइफलबाट गोली चलाएका थिए।

राइफल आक्रमणकारीको बुबाको थियो। यो ६ महिनाअघि मात्र खरिद गरिएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .