ad ad

ग्लोबल


हत्या प्रयासपछि ट्रम्पको पहिलो अन्तर्वार्ता: पार्टीको सम्मेलनमा दिइने भाषण पुनर्लेखन गरेँ

हत्या प्रयासपछि ट्रम्पको पहिलो अन्तर्वार्ता: पार्टीको सम्मेलनमा दिइने भाषण पुनर्लेखन गरेँ

नेपालखबर
असार ३१, २०८१ सोमबार ११:६, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफूमाथि भएको घातक हमलापछि पहिलोपटक अन्तर्वार्ता दिएका छन्।

आफ्नो पहिलो अन्तर्वार्तामा ट्रम्पले रिपब्लिकन पार्टीको सम्मेलनमा दिइने भाषणलाई पुनर्लेखन गरेको बताएका छन्।

यसमा उनले बाइडेनको आलोचना गर्नुको सट्टा ‘एकता’को सन्देश दिनमा ध्यान केन्द्रित गरेका छन्।

रिपब्लिकन पार्टीको राष्ट्रिय सम्मेलनमा सहभागी हुन ट्रम्प मिलवाकी पुगेका छन्। पार्टीको चारदिने राष्ट्रिय सम्मेलन आगामी मंगलबार सुरु हुँदै छ। यसले ट्रम्पलाई आधिकारिक रूपमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार घोषणा गर्नेछ। 

मिडिया आउटलेट ‘वासिङटन एग्जामिनर’ लाई दिएको अन्तर्वार्तामा उनले आफूले दिने भाषण गजबको हुने दाबी गरे। 

उनले भने, ‘यदि यो (आक्रमण) नभएको भए यो अहिलेसम्मकै सबैभन्दा असाधारण भाषण हुने थियो। जसले राष्ट्रपति बाइडेनका नीतिको आलोचना गरेको थियो। तर इमानदारीपूर्वक भन्नुपर्दा अब यो बिलकुलै फरक भाषण बनेको छ। यो देशलाई सँगै लैजाने अवसर हो। जुन अवसर मैले पाएको छु।’

सम्बन्धित अन्य समाचार

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .