ad ad

ग्लोबल


ट्रम्पलाई गोली हानिएको साँझ कति बजे के भयो? (सूची)

ट्रम्पलाई गोली हानिएको साँझ कति बजे के भयो? (सूची)

गोली लागेपछि ट्रम्प। संवेदनशीलताको ख्याल गरेर तस्बिर सादा बनाइएको हो।


नेपालखबर
असार ३०, २०८१ आइतबार २०:४०, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प शनिबार साँझ पेन्सिलभेनियाको बटलरमा आयोजित चुनावी र्‍यालीलाई सम्बोधन गर्दै थिए।

त्यही क्रममा उनलाई एक बन्दुकधारीले गोली प्रहार गरे।

गोलीले ट्रम्पको दाहिने कानमाथि सामान्य चोट मात्र लागेको छ तर र्‍यालीमा आएका एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।

अमेरिकी गुप्तचर सेवाका अधिकारीहरूले आक्रमणकारीलाई गोली हानेर मारेका छन्।

यस अवधिमा के के भए त? बुँदागत रूपमा जान्नुहोस्- 

साँझ ५ बजे : ट्रम्पले र्‍यालीलाई सम्बोधन गर्नु थियो। 

साँझ ६ः०३ बजे : ट्रम्प ली हेजलवुडको गीत ‘गड ब्लेस द यूएस’ गीतका साथ स्टेजमा पुगे।

साँझ ६ः११ बजे : ट्रम्पको चुनावी भाषण सुरु भएको केही समयपछि गोली चल्यो।

साँझ ६ः१२ बजे : गोली चल्नेबित्तिकै गुप्तचर सेवाका एजेन्टले पूर्वराष्ट्रपति ट्रम्पलाई घेरा हालेर मञ्चबाट सकुशल बाहिर निकाले। यस क्रममा ट्रम्पको काननजिक र अनुहारमा रगत देखिएको थियो।  

साँझ ६ः१४ बजे : ट्रम्पको चुनावी अभियान टोली कार्यक्रम स्थलबाट हिँड्यो। 

साँझ ६ः४२ बजे : गुप्तचर सेवाले विज्ञप्ति जारी गरी ट्रम्प सुरक्षित रहेको र घटनाको गम्भीर रूपमा अनुसन्धान भइरहेको बतायो। 

साँझ ७ः०३ बजे : ट्रम्पको चुनावी अभियानका प्रतिनिधिले ट्रम्प सुरक्षित रहेको जानकारी दिए।

साँझ ७ः४५ बजे : कानुनी एजेन्सीले संदिग्ध व्यक्ति र एकजना र्‍यालीमा सहभागी व्यक्ति मारिएको पुष्टि गरे। 

राति ८ः१३ बजे : अमेरिकी राष्ट्रपति जो बाइडेनले आक्रमणको निन्दा गर्दै ट्रम्पसँग छिट्टै फोनमा कुरा गर्ने बताए।

राति ८ः४२ बजे : ट्रम्पले घटनाबारे पहिलो वक्तव्य जारी गर्दै गोली गोली आफ्नो दाहिने कानको माथिल्लो भागमा लागेको बताए।

राति ९ः३३ बजे : अमेरिकी गुप्तचर एजेन्सी एफबीआई पिट्सबर्गले कानुनी एजेन्सीका रूपमा घटनाको अनुसन्धानको नेतृत्व गर्ने बतायो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .