ad ad

ग्लोबल


एफबीआईले भन्यो- हाम्रा पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास भयो

एफबीआईले भन्यो- हाम्रा पूर्वराष्ट्रपति ट्रम्पको हत्या प्रयास भयो

गोली लागेपछि ट्रम्प। संवेदनशीलताको ख्याल गरेर तस्बिर सादा बनाइएको हो।


नेपालखबर
असार ३०, २०८१ आइतबार ११:५६, काठमाडौँ

अमेरिकाको सुरक्षा एजेन्सी फेडेरल ब्युरो अफ इन्भेस्टिगेसन (एफबीआई) ले गोली हानेर पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयास भएको बताएको छ। 

शनिबार साँझ पेन्सिल्भेनियामा आयोजित चुनावी र्‍यालीका क्रममा ट्रम्पलाई गोली हानिएको थियो। कानमा गोली लागे पनि आफू सुरक्षित रहेको ट्रम्पले बताएका छन्। 

सो घटनापछि आयोजित पत्रकार सम्मेलनमा एफबीआईका फिल्ड अफिसर केभिन रोजेकले ट्रम्पको ज्यान लिने उद्देश्यले नै गोली प्रहार भएको दाबी गरेका हुन्। 

उनले भने, ‘शनिबार साँझ हाम्रा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या गर्ने प्रयास भएको थियो।’

यसैबीच अमेरिकी प्रहरीले गोली हान्ने व्यक्तिको पहिचान भएको दाबी गरेको छ। अब छिट्टै उनको नाम सार्वजनिक गर्ने प्रहरीले जनाएको छ। 

अमेरिकी प्रहरीका अनुसार ट्रम्पलाई गोली प्रहार घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। 

पत्रकार सम्मेलनमा अमेरिकी गुप्तचर सेवाका भने कोही थिएनन्। एफबीआईका विशेष एजेन्ट केभिन रोजेकले यस पत्रकार सम्मेलनमा गुप्तचरका व्यक्ति आउन नपाएको बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .