भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानिएको घटनाको निन्दा गरेका छन्।
शनिबार राति अमेरिकाको पेन्सिल्भेनियामा आयोजित चुनावी र्यालीका क्रममा ट्रम्पलाई गोली हानिएको हो। कानमा गोली लागेर उनी घाइते भएका छन्।

सो घटनाले आफूलाई चिन्तित बनाएको भारतीय प्रधानमन्त्री मोदीले उल्लेख गरेका छन्।
मोदीले एक्समा लेखेका छन्, ‘मेरा मित्र तथा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि भएको आक्रमणप्रति म निकै चिन्तित छु। घटनाको घोर भर्त्सना गर्दछु।’
उनले अगाडि लेखेका छन्, ‘राजनीति र लोकतन्त्रमा हिंसाको कुनै स्थान छैन, म उहाँको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछु। हाम्रो प्रार्थना मृतकका परिवार, घाइते तथा सबै अमेरिकी जनताका लागि छ।’
141
Shares

प्रतिक्रिया