ad ad

ग्लोबल


उपचुनावमा पनि मोदीलाई धक्का, १३ मध्य १० सिटमा विपक्षी गठबन्धको जित

उपचुनावमा पनि मोदीलाई धक्का, १३ मध्य १० सिटमा विपक्षी गठबन्धको जित

फाइल तस्वीर


नेपालखबर
असार २९, २०८१ शनिबार १८:६, काठमाडौँ

हालै सम्पन्न लोकसभा निर्वाचनमा धक्का खाएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टी भारतीय जनता पार्टीले उपचुनावमा पनि नराम्रो पराजय व्यहोरेको छ।

बुधबार विभिन्न राज्यका १३ विधानसभा सिटमा उपचुनाव भएको थियो। शनिबार सार्वजनिक गरिएको उक्त चुनावको नतिजा अनुसार कूल १३ सिटमध्ये भारतीय कांग्रेसले नेतृत्व गरेको गठबन्धनले १० सिटमा जित हात पारेको छ। 

भाजपा नेतृत्वको गठबन्धन भने केवल दुई सिट जित्न मात्रै सफल भएको छ। बाँकी १ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्।

विपक्षी इन्डिया गठबन्धनका कांग्रेसले ४, तृणमूल कांग्रेसले ४ तथा डीएमके र आम आदमी पार्टी एक/ एक सीटमा जीत हासिल गरेका छन्।

पश्चिम बंगालका ४ सिटमा भएको उपचुनावमा विपक्षी 'इन्डिया' गठबन्धनमा आवद्ध तृणमूल कांग्रेसले ४ वटै सिट जितेको छ। 

कांग्रेसले हिमाञ्चलमा २ र उत्तराखण्डमा २ सिट जितेको छ। त्यस्तै आम आदमी पार्टीले पञ्जावको १ सिटमा भएको चुनावमा जित प्राप्त गरेको छ। त्यस्तै तमिलनाडुको १ सिटमा डिएमके बिजयी भएको छ।

भाजपा भने मध्य प्रदेशको १ र हिमाञ्चल प्रदेशको १ सिट मात्रै जित्न सफल भएको छ। बिहारको १ सिटमा स्वतन्त्र उम्मेदवार विजयी भएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .