समाज


प्रहरी जवानको परीक्षा दिन गएका ६ नक्कली परीक्षार्थी पक्राउ

प्रहरी जवानको परीक्षा दिन गएका ६ नक्कली परीक्षार्थी पक्राउ

नेपालखबर
असार २९, २०८१ शनिबार १८:१८, काठमाडौँ

प्रहरी जवान (जनपद) पदको लिखित परीक्षाबाट ६ जना नक्कली परीक्षार्थीहरू पक्राउ परेका छन्। 

पक्राउ पर्नेमा ललितपुर धापाखेलका २२ वर्षीय अभिषेक शाही, कञ्चनपुर पुनर्वास नगरपालिका–१ का ईशाक तामाङ, दोलखा घर बताउने १७ वर्षीया तृप्ती सुन्दास, कञ्चनपुर पुनर्वास–१ कै पारस बुढा, दार्चुला मार्मा गाउँपालिका–६ का रविन्द्र महरा र बैतडीको शिवनाथ गाउँपालिका–७ का दिनेश चन्दलाई प्रहरीले पक्राउ गरेको हो। 

ललितपुरका शाहीले दर्ता नम्बर १३१२७९ का २२ वर्षीय रित शाहीको, कञ्चनपुरका तामाङले दर्ता नम्बर १३११२६ भएका २२ वर्षीया हिक्मत बहादुर थापाको, दोलखाकी सुन्दासले दर्ता नम्बर१३२८७८ भएका जाजरकोट छेडागाड नगरपालिका–५ की शर्मिला शाहीको, कञ्चनपुरका महराले सविन महराको र बैतडीका चन्दले प्रदीप बस्यालको नाममा परीक्षा दिन लागेको बेलामा प्रहरीले पक्राउ गरेको हो। 

उनीहरूमध्ये दुई जनालाई प्रहरी वृत्त गौशाला, ३ जनालाई प्रहरी वृत्त बानेश्वर र १ जनालाई प्रहरी वृत्त सिंहदरबारमा राखिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad