ad ad

ग्लोबल


वाङ यी र जयशंकरबीच भेटवार्ता, चीन–भारत सीमा समस्या चाँडो टुंग्याउने सहमति

वाङ यी र जयशंकरबीच भेटवार्ता, चीन–भारत सीमा समस्या चाँडो टुंग्याउने सहमति

नेपालखबर
असार २०, २०८१ बिहिबार १२:५१, काठमाडौँ

चीन र भारतले सीमा क्षेत्रका समाधान हुन बाँकी विषय सकेसम्म चाँडो टुंग्याउने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यी र भारतीय विदेशमन्त्री एस जयशंकरबीच कजाकस्तानमा भएको भेटमा उनीहरू यस्तो सहमतिमा पुगेका हुन्।

वाङसँगको भेटबारे जानकारी गराउँदै भारतीय विदेशमन्त्री जयशंकरले बाँकी रहेका सीमा समस्या कूटनीतिक र सैन्य माध्यममामार्फत समाधान गर्न प्रयास बढाउने सहमति भएको बताएका छन्।

‘सीमावर्ती क्षेत्रमा बाँकी रहेका मुद्दा चाँडो समाधान गर्नेबारे चर्चा भयो,’ सामाजिक सञ्जाल एक्समा उनले लेखेका छन्, ‘यसका लागि कूटनीतिक र सैन्य संयन्त्रमार्फत प्रयास बढाउनेबारे सहमति भयो।’

जयशंकरले वास्तविक नियन्त्रण रेखाको सम्मान गर्न र सीमा क्षेत्रमा शान्ति तथा सौहार्दता सुनिश्चित गर्न आवश्यक रहेको जिकिरसमेत गरेका छन्। ‘आपसी सम्मान, आपसी संवेदनशीलता र आपसी हितले हाम्रो द्वीपक्षीय सम्बन्धलाई मार्गदर्शन गर्नेछ,’ उनले लेखेका छन्।

सांघाई सहयोग संगठन (एससीओ) को २४ औं बैठक आज कजाकस्तानमा बस्दै छ। उक्त बैठकमा भारतको प्रतिनिधित्व गर्दै जयशंकर त्यहाँ पुगेका हुन्।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नगए पनि उक्त बैठकमा चीनका राष्ट्रपति सी चिनफिङ, रुसका राष्ट्रपति भ्लादमिर पुटिन, पाकिस्तानका प्रधानमन्त्री शहबाज शरीफ लगायतको उपस्थिति रहेको छ।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .