ad ad

ग्लोबल


उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगे पुटिन

उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगे पुटिन

नेपालखबर
असार ६, २०८१ बिहिबार ९:५३, काठमाडौँ

रुसका राष्ट्रपति भ्लादिमिर पुटिन उत्तर कोरियाको भ्रमण सकेर भियतनाम पुगेका छन्। 

उनको विमान बिहीबार बिहान १ बजेर ४० मिनेटमा राजधानी हनोईको नोइ बाई विमानस्थलमा अवतरण भएको बीबीसीले जनाएको छ।

पुटिनलाई विमानस्थलमा भियतनामका उपप्रधानमन्त्री ट्रान होङ हा र कम्युनिस्ट पार्टी अफ भियतनाम (सीपीसी) केन्द्रीय समितिका प्रमुख ली होइ ट्रुङले स्वागत गरे। 

रुसी सञ्चारमाध्यम आरटीका अनुसार पुटिनले राष्ट्रपति तो लाम र प्रधानमन्त्री फाम मिन्ह चिनलगायत शीर्ष भियतनामी अधिकारीसँग भेट गर्नेछन्।

उक्त भेटवार्तामा दुई देशबीच आर्थिक साझेदारी, व्यापार, वैज्ञानिक तथा प्राविधिक सहयोगका साथै अन्य विषयमा छलफल हुनेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .