ad ad

ग्लोबल


आक्रमण भए रूस र उत्तर कोरियाले एक अर्कालाई सघाउने सहमति

आक्रमण भए रूस र उत्तर कोरियाले एक अर्कालाई सघाउने सहमति

नेपालखबर
असार ५, २०८१ बुधबार १६:२७, काठमाडौँ

रूस र उत्तर कोरियाले दुई देशमध्य जुनकुनै देशमाथि आक्रमण भए एकले अर्कालाई सहयोग गर्ने भएका छन्। 

बुधबार उत्तर कोरियाको भ्रमणमा गएका रूसी राष्ट्रपति भ्लादमिर पुटिन र उत्तर कोरियाका राष्ट्रपति किम जोङ उनबीच यस्तो सहमति भएको हो। 

रुसी सरकारी मिडियाले जनाए अनुसार दुई देशमध्य जुनकुनै देशमाथि आक्रमण भए पनि एक अर्कालाई बाराबरी सहयोग गर्ने सहमतिमा उल्लेख छ।

दुई राष्ट्रपतिबीच भेटका क्रममा उत्तर कोरियाका राष्ट्रपतिले युक्रेनमाथि रूसले गरेको आक्रमणको सर्मथन समेत गरेका थिए। 

२४ बर्षपछि पुटिन उत्तर कोरिया पुगेका हुन्। उनी यसअघि सन् २००० मा उत्तर कोरिया पुगेका थिए।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .