ad ad

ग्लोबल


पुटिन र किमबीच दुई घण्टा एक्लाएक्लै वार्ता, रणनीतिक साझेदारीमा हस्ताक्षर

पुटिन र किमबीच दुई घण्टा एक्लाएक्लै वार्ता, रणनीतिक साझेदारीमा हस्ताक्षर

नेपालखबर
असार ५, २०८१ बुधबार १४:७,

उत्तर कोरियाली नेता किम जोङ उन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले नयाँ बृहत् रणनीतिक साझेदारीमा हस्ताक्षर गरेका छन्।

यसअघि पुटिनका सल्लाहकार युरी उसाकोवले यस्तो खालको सम्झौतामा हस्ताक्षर हुने बताएका थिए। 

रुसी सञ्चारमाध्यम आरआईएले किम र पुटिनले सो सम्झौतामा हस्ताक्षर गरेको उल्लेख गरेको छ। तर, सम्झौताका विवरणहरु सार्वजनिक भइसकेका छैनन्।

त्यसअघि पुटिन र किमबीच दुई घण्टा लामो एक्लाएक्लै वार्ता भएको थियो। 

एक्लाएक्लै वार्ताअघि दुई पक्षीय प्रतिनिधिमण्डलबीच डेढ घण्टा छलफल भएको बताइएको छ। पुटिनले किमलाई रुस भ्रमणको निम्ता दिएका छन्। 

२४ वर्षपछि प्योङयाङ आएका पुटिनलाई उत्तर कोरियाले भव्य स्वागत गरेको छ। यसपछि पुटिन भियतनाम भ्रमणमा आजै जानेछन्। एजेन्सी
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .