ad ad

ग्लोबल


आफ्नो गढमै भाजपालाई सबभन्दा ठूलो झट्का, कहाँकहाँ लाग्यो चोट?

आफ्नो गढमै भाजपालाई सबभन्दा ठूलो झट्का, कहाँकहाँ लाग्यो चोट?

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १५:४४,

यसवर्षको भारतको लोकसभा निर्वाचनको नतिजा थुप्रैका लागि आश्चर्यजनक रह्यो। खासगरी एक्जिट पोलपछि प्रधानमन्त्री नरेन्द्र मोदीको पार्टीले सहज जित हात पार्ने आकलन गरिँदै आएको थियो।

तर, भाजपाले संसदमा एकल बहुमत गुमाउने भएको छ।

त्यसभन्दा आश्चर्यजनक नतिजा भाजपाले आफ्नै गढमा बेहोर्नुपरेको छ। 

लोकसभाका ५४३ मध्ये सबैभन्दा बढी ८० सिट रहेको उत्तर प्रदेशमा भाजपालाई धक्का लागेको हो। जहाँ अघिल्ला दुई चुनावमा भाजपाले लगभग एकलौटी जित निकालेको थियो।

२०१४ मा उत्तर प्रदेशमा भाजपाले ७१ सिट जितेको थियो भने २०१९ मा ६२ सिट।

तर, यसपटक सो पार्टी मात्र ३५ सिटमा अगाडि छ। विपक्षी इन्डिया गठबन्धन ४४ सिटमा अगाडि देखिएको छ।

हिन्दुत्वको नारा उचालिरहेको भाजपाविरुद्ध मुस्लिम मत एकत्रित भएको धेरैजसोको अनुमान छ।

यहाँ कंग्रेस र समाजवादी पार्टी मिलेर चुनाव लडेका थिए। अर्थात्, राहुल गान्धी र अखिलेश यादवको जोडी सफल भएको छ।

एक्लै चुनाव लडेकी मायावतीको बसपा भने सबै सिटमा पछाडि परेको छ।

उत्तर प्रदेशबाहेक भाजपाले पश्चिम बंगालमा पनि शक्ति गुमाएको छ। अघिल्लो पालि १८ सिट जितेको भाजपा १० सिटमा झरेको छ।

महाराष्ट्रमा पनि भाजपाले सिट गुमाएको छ। अघिल्लो पालि २३ सिट जितेको भाजपा यसपालि १४ सिटमा मात्र अगाडि छ।

यहाँ भाजपा नेतृत्वको एनडीए गठबन्धन १९ सिटमा अगाडि रहँदा विपक्षी इन्डिया गठबन्धन २८ सिटमा अगाडि छ।

हरियाणामा पनि भाजपाले सिट गुमाउँदा पञ्जाबमा खातै खोल्न सकेको छैन।

यद्यपि भाजपाले उडिसा, कर्नाटक, आन्ध्र प्रदेश र केही हदसम्म तेलंगनामा सिट बढाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .