ad ad

राजनीति


कृषकलाई समयमै भुक्तानी दिन बैंकिङ प्रणाली आवश्यक : आरजु राणा

कृषकलाई समयमै भुक्तानी दिन बैंकिङ प्रणाली आवश्यक : आरजु राणा

नेपालखबर
जेठ २२, २०८१ मंगलबार १५:४७, काठमाडौँ

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसकी सांसद डा. आरजु राणाले कृषिमा प्राविधिक जनशक्ति वृद्धि गर्न सरकारलाई सुझाव दिएकी छिन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा सांसद राणाले कृषकहरूलाई राहत दिनका लागि छुट्टै बैकिङ प्रणालीको विकास गर्न पनि सरकारलाई सचेत गराइन्।

‘कृषि लगानी घटेको छ भने अर्कोतिर कृषिमा लगानी दशक भनेर सरकारले डिक्लिएर गरेको छ। यो चाहीँ सुनिदाखेरी राम्रो, तर साँच्चैको कुरा गर्दा नहुने कुरा बजेटमा लेख्न नहुने हो। कृषिमा टेक्निकल जनशक्ति वृद्धि एकदमै गर्नुपर्ने जरुरी देखिएको छ। यो अनुसार गोभर्मेन्टले ओएनएम पनि गरिसकेको छ। त्यसलाई यो सरकारले कसरी अगाडि बढाउँछ? यो बजेटमा यसका ग्याप देखिएको छ,’ उनले भनिन्।

उखु कृषक, दुध कृषकहरुले समयमै भुक्तानी नपाएको गुनासो आईरहेको उल्लेख गर्दै उनले त्यसका लागि पनि सहुलियत दरमा राहत दिने गरी समयमै भुक्तानीको व्यवस्था गर्न सरकारले सो खालको बैकिङ प्रणालीको विकास गर्न आवश्यक्ता भएको तर्क गरिन्। 

सांसद राणाले सरकारले कृषीलाई लगानी दशकको रुपमा घोषणा गरेपनि त्यस क्षेत्रको बजेट घटाएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

‘त्यस्तै गरेर हरेक वर्ष यो दुध कृषक र उखु कृषकहरूको पेमेन्ट नपाएको कुरा अगाडि आउँछ। यसका लागि चाहीँ सरकारले इर्मेजेन्सीको रुपमा लास्ट टाइममा आएर पैसा दिनुको सट्टा एउटा बैकिङ मेकानिज्म खडा गर्न म अर्थमन्त्रीज्यूलाई रिक्वेस्ट गर्न चाहन्छु। मेरो भनाई के हो भने बैंकमा सहुलियत दरमा यो डेरी र मीलहरूले एउटा रकम राख्ने र पेमेन्ट भौचरको आधारमा तुरुन्तै कृषकले आफ्नो रकम लिन पाउने त्यो एउटा व्यवस्था मिलाउन सकियो भने गभर्मेन्टलाई पनि राहत हुन्थ्यो। र, कृषकहरूलाई पनि राहत हुन्थ्यो,’ उनले भनिन्।

सांसद राणाले कृषिमा लगानी वृद्धि गर्न सरकारले त्यसको बजारको पनि उचित व्यवस्था गर्नुपर्ने बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .