उत्तर प्रदेशको लखनऊमा भाजपा र समाजवादी पार्टीका कार्यकर्ताबीच झडप भएको छ। चुनावी नतिजा सार्वजनिक हुँदै गर्दा दुवै पक्षबीच भिडन्त भएको हो।
केही व्यक्ति घाइते भएको बताइएको छ।
यसअघि नै झडपको आशंका गरेर सुरक्षा व्यवस्था कडा पारिएको थियो।
उत्तर प्रदेशमा समाजवादी पार्टी सम्मिलित इन्डिया गठबन्धनले अग्रता लिएको छ।
यो राज्यका ८० सिटमध्ये ४३ सिटमा इन्डियाका उम्मेदवार अगाडि छन् भने भाजपा ३६ सिटमा अगाडि देखिन्छ।
561
Shares

प्रतिक्रिया