ad ad

ग्लोबल


पुटिनले आफ्ना पूर्वअंगरक्षकलाई बनाए स्टेट काउन्सिलको सचिव

पुटिनले आफ्ना पूर्वअंगरक्षकलाई बनाए स्टेट काउन्सिलको सचिव

नेपालखबर
जेठ १६, २०८१ बुधबार १४:९,

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्ना पूर्वअंगरक्षक अलेक्सेइ द्युमिनलाई स्टेट काउन्सिलको सचिव बनाएका छन्। स्टेट काउन्सिल राष्ट्रपतिलाई सल्लाह दिने समिति हो।

द्युमिनलाई स्टेट काउन्सिलमा नियुक्त गरिएको पुटिनको आदेश क्रेमलिनको वेबसाइटमा प्रकाशित छ।

७१ वर्षीय पुटिन पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित भएका छन्। उनको यो कार्यकाल ६ वर्षको हुनेछ। 

पुटिनको उत्तराधिकारी को होलान् भन्ने विषयमा अनेक अड्कलबाजी चल्दै आएका छन्। कतिपयले द्युमिन त्यो पात्र भएको अनुमान पनि गर्ने गरेका छन्।

५१ वर्षीय द्युमिन गत महिना क्रेमलिन प्रवेश गर्नुअघि रुसका तुला क्षेत्रको गभर्नर थिए। 

१९९५ मा भीआईपीहरुको सुरक्षा गर्ने जिम्मेवार एफएसओमा भर्ती भएका उनी पुटिनको पहिलो र दोस्रो कार्यकालमा उनका अंगरक्षक थिए।

उनले रुसको सैन्य गुप्तचर निकायको उपप्रमुखका रुपमा पनि काम गरिसकेका छन्। एजेन्सी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .