ad ad

कारोबार


नयाँ ल्याउने, पुरानालाई छोड्ने परम्परा तोड्न ठूला आयोजनालाई पर्याप्त बजेट : अर्थमन्त्री पुन

नयाँ ल्याउने, पुरानालाई छोड्ने परम्परा तोड्न ठूला आयोजनालाई पर्याप्त बजेट : अर्थमन्त्री पुन

अर्थमन्त्री पुन। तस्बिर : सरोज बैजु


नेपालखबर
जेठ १६, २०८१ बुधबार १४:१३, काठमाडौँ

अर्थमन्त्री वर्षमान पुनले पुराना आयोजनामा पर्याप्त बजेट राखेको बताएका छन्। 

हरेक वर्ष नयाँ आयोजना ल्याउने र पुरानालाई बेवास्ता गर्ने परम्परा आफूले छोडेको अर्थमन्त्री पुनले बताएका हुन्। 

अर्थ मन्त्रालयमा बजेटसम्बन्धी अन्तर्क्रियामा पुनले भने, ‘बजेटमा हामीले के कोशिस गरेका छौँ भने नयाँ नयाँ योजना ल्याउने पुराना छोडिदिने, अर्को (सरकार)ले स्वामित्व नलिने देखिएको थियो। त्यसको अन्त्य गर्न हामीले जो छिटो पुरा हुनेखालका छन्, ती आयोजनालाई पर्याप्त बजेट राख्ने।’ 

उनले पूर्व–पश्चिम महेन्द्र राजमार्ग विस्तार, काठमाडौं–तराई द्रुतमार्गजस्ता ठूला आयोजना समयमै सक्न पर्याप्त बजेट राखेको दाबी गरे। 

‘पूर्व–पश्चिम हाइवेमा देख्नुभयो भने एकल रुपले झण्डै ३० अर्बजति काम पूरा गर्नलाई राखेका छौँ। त्यही हाराहारीमा फास्ट ट्राकमा राखेका छौँ। त्यसैगरी पुष्पलाल मध्यपहाडी राजमार्ग, मदन भण्डारी राजमार्ग, उत्तरदक्षिण लोकमार्गमा पर्याप्त बजेट राखेका छौँ’, उनले भने, ‘दुई शिफ्टमा पनि इन्सेन्टिभ दिएर काम गर्ने व्यवस्था गर्नुपर्छ भनेर बजेट राखेका छौँ। सुरुमा लागत अलि बढी लागे पनि समयमा सक्नुपर्छ भनेका छौँ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .