ग्लोबल


तान्जनियामा भीषण बाढी र वर्षा, १५५ जनाको मृत्यु, २ लाख मानिस प्रभावित

जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सर्न प्रधानमन्त्रीको आग्रह
तान्जनियामा भीषण बाढी र वर्षा, १५५ जनाको मृत्यु, २ लाख मानिस प्रभावित

बाढीले तहसनहस तान्जनिया। थप तस्बिर तल।


नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार १०:४५, काठमाडौँ

तान्जनियामा भारी वर्षा र बाढीका कारण १ सय ५५ जनाको मृत्यु भएको छ। 

तान्जनियाका प्रधानमन्त्री कासिम मजालिवाले उक्त जानकारी दिएका हुन्।

संसद्‌लाई सम्बोधन गर्दै प्रधानमन्त्री मजालिवाले भने, ‘जनवरीदेखि भारी वर्षाका कारण १ सय ५५ जनाको मृत्यु भएको छ। अहिलेसम्म २३६ जना घाइते भएका छन्।’

उनले थपे, ‘तीव्र हावा र बाढीका कारण देशका धेरै ठाउँमा ठूलो क्षति भएको छ। यसमा बालीनाली, सडक र रेलमार्ग पनि पर्छन्।’ 

उनले मे महिनामा पनि वर्षा जारी रहने चेतावनी दिएका छन्। 

उनले बाढी प्रभावित क्षेत्र छाड्न सर्वसाधारणलाई आग्रह गरेका छन्।

कासिमले भने, ‘बाढीका कारण दुई लाख मानिस र ५१ हजारभन्दा बढी परिवार प्रभावित भएका छन्।’

बीबीसीका अनुसार तान्जनियाका छिमेकी देश केन्या र बुरुन्डीमा पनि भारी वर्षाका कारण अवस्था खराब छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .