समाज


शिक्षकहरुलाई शिवराज नगरपालिकाको निर्देशन– ५ दिनभित्र राजनीतिक दल त्याग्नु

शिक्षकहरुलाई शिवराज नगरपालिकाको निर्देशन– ५ दिनभित्र राजनीतिक दल त्याग्नु

नेपालखबर
बैशाख १४, २०८१ शुक्रबार ११:१, कपिलवस्तु

कपिलवस्तुको शिवराज नगरपालिकाले आफू मातहतका शिक्षक कर्मचारीलाई राजनीतिक दल परित्याग गर्न निर्देशन दिएको छ। 

शिवराज नगरपालिकाले सूचना जारी गर्दै पाँच दिनभित्र पालिकामा रहेका विद्यालयका सबै शिक्षक कर्मचारीलाई दल त्याग गर्न निर्देशन दिएको हो।

केही दिनअघि शिक्षा मन्त्रालयले राजनीतिक दलमा आवद्ध रहेका शिक्षकलाई कारबाही गर्ने निर्णय गरेको थियो। 

सामुदायिक विद्यालयमा कार्यरत शिक्षक कर्मचारीले कुनै पनि राजनीतिक पार्टीको सदस्यता लिएको भए ५ दिनभित्र सो राजनीतिक दलमा राजीनामा बुझाई ५ दिनभित्र नगरपालिकामा पेश गर्न कर्मचारी तथा शिक्षकलाई नगरपालिकाले निर्देशन दिएको छ।

‘कुनै पनि शिक्षक तथा कर्मचारीले कुनै पनि राजनीतिक दलको कार्यकारी पदमा वा सदस्यता लिएको भए ५ दिनभित्र सम्बन्धित राजनीतिक दलबाट राजिनामा दिई सोको जानकारी यस कार्यालयमा पेश गर्न निर्देशन छ,’ मेयर अजय थापाले जारी गरेको सूचनामा भनिएको छ,  ‘पछि प्रमाणसहित राजनीतिक दलको सदस्यता सम्बन्धि उजुरी आएमा कानुन बमोजिम कारबाहीका लागि सिफारिस हुने छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .