ad ad

ग्लोबल


पानीजहाजको ठक्करले बाल्टिमोर पुल भत्किँदा नदीमा खसेका २० जनाको उद्धार प्रयास जारी (भिडिओ)

पानीजहाजको ठक्करले बाल्टिमोर पुल भत्किँदा नदीमा खसेका २० जनाको उद्धार प्रयास जारी (भिडिओ)

पानीजहाज ठोक्किँदा भताभुंग भएको पुल।


नेपालखबर
चैत १३, २०८० मंगलबार १९:२७, काठमाडौँ

अमेरिकी राज्य मेरिल्यान्डको बाल्टिमोर सहरस्थित ‘फ्रान्सिस स्कट कि ब्रिज’मा पानीजहाज ठोक्किँदा पुलको ठूलो भाग भत्किएको छ।

बीबीसीका अनुसार सिंगापुरको कार्गो जहाज स्थानीय समयानुसार बिहान १:३० बजे पुलमा ठोक्किएको हो। 

बाल्टिमोर सिटी फायर डिपार्टमेन्टका प्रवक्ता केभिन कार्टराइटले उक्त दुर्घटनामा ठूलो क्षति भएको बताएका छन्।

पानीजहाजको ठक्करले भत्किएको बाल्टिमाेरको पुल।

उनले अमेरिकी समाचार च्यानल सीबीएस न्युजलाई बताएअनुसार पुल भत्किँदा पटाप्सको नदीमा खसेका २० जनाको उद्धार प्रयास जारी छ।

उनले बाल्टिमोर पुल दुर्घटनामा 'धेरै मानिसको मृत्यु हुन सक्ने' बताएका छन्। तर अहिलेसम्म कसैको मृत्यु भएको आधिकारिक पुष्टि भएको छैन।

उनका अनुसार दुर्घटना भएको ठाउँको तापक्रम माइनस एक डिग्री थियो।

यसै क्रममा ‘डाली’ नामक जहाज सञ्चालन गर्ने कम्पनी सिनर्जी मरिन ग्रुपले सो दुर्घटनामा जहाजका चालक दलका सबै सदस्य सकुशल रहेको जनाएको छ।

हालसम्म दुईजनाको पानीबाट उद्धार गरिएको स्थानीय अधिकारीहरूले बताएका छन्। जसमध्ये एकको अवस्था निकै गम्भीर रहेको बताइएको छ। 

अहिलेसम्म प्राप्त जानकारी अनुसार यो जहाज बाल्टिमोर बन्दरगाहबाट राति १२:४४ बजे श्रीलंकातर्फ प्रस्थान गरेको थियो।

कन्टेनरहरू लोड गरिएको जहाज स्थानीय समयानुसार बिहान १:३० बजे बाटो बिराएर पुलको स्तम्भमा ठोक्किन पुगेको थियो।

जहाज आफ्नो मार्गबाट ​​विचलित भएर किन पुलमा ठोक्कियो भन्नेबारे अनुसन्धान भइरहेको बीबीसीले उल्लेख गरेको छ। 

पानीजहाजको ठक्करले बाल्टिमोरस्थित पुल भत्किँदै गरेको भिडिओ हेर्नुहोस्

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .