म्यानमारको सेनाले देशका सबै युवक-युवतीका लागि सेनामा भर्ती अनिवार्य गरेको छ।
सैनिक शासनको यो आदेशअनुसार ३५ वर्षमुनिका पुरुष र २७ वर्षमुनिका महिलाले कम्तीमा दुई वर्ष सेनामा सेवा दिनुपर्ने व्यवस्था छ।
तीन वर्षअघि सेनाले नागरिक सरकारलाई अपदस्थ गरी सत्ता हातमा लिएको थियो।
अहिले विद्रोही लडाकुले एकपछि अर्को क्षेत्र आफ्नो कब्जामा लिएपछि सेनामाथि दबाब बढेको बीबीसीले जनाएको छ।
जनजातीय मिलिसिया र विद्रोह विरोधी लडाकुहरूले हालैका महिनाहरूमा सेनालाई पछाडि धकेलेका छन्।
धेरै द्वन्द्वमा सेनाले पछि हट्नुपरेको छ र सैनिकहरूले आफ्ना हतियार विद्रोहीसमक्ष समर्पण गरेका छन्। जसका कारण सेनालाई सिपाही भर्ना गर्नसमेत समस्या भएको छ।
यद्यपि सेनामा अनिवार्य सेवाको यो कानुन २०१० मा आए पनि कार्यान्वयन हुन सकेको छैन।
270
Shares
प्रतिक्रिया