ad ad

ग्लोबल


मालदिभ्सका राष्ट्रपति भन्छन् : १० मेसम्ममा सेना हटाउन भारत तयार भयो

मालदिभ्सका राष्ट्रपति भन्छन् : १० मेसम्ममा सेना हटाउन भारत तयार भयो

नेपालखबर
माघ २३, २०८० मंगलबार १६:५४,

मालदिभ्सका राष्ट्रपति मोहम्मद मुइजुले भारत १० मेसम्ममा आफ्नो सेना हटाउन तयार भएको बताएका छन्। 

उनले संसदमा सम्बोधनका क्रममा सो कुरा बताएका हुन्। मुइज्जुले १५ मार्चसम्म सेना हटाउन भारतलाई अल्टिमेटम दिएका थिए।

सोमबार पहिलो पटक संसदमा सम्बोधन गर्न पुगेका मुइज्जुले सांसदहरुको बहिष्कारको सामना गर्नुपरेको थियो।

मालदिभ्सको संसदमा ८७ सिट छ। तर, उनको भाषण सुन्न २४ जना सांसद मात्र उपस्थित थिए। 

५६ जना सांसदले उनको भाषण बहिष्कार गरेका थिए। सरकार अलोकतान्त्रिक रुपले चलाएको आरोप उनीहरुले लगाएका छन्।

उनले भारतप्रति निसान लगाउँदै मुलुकको सार्वभौमसत्तामा सम्झौता नगर्ने बताए।

उनले इस्लाम धर्म आफ्नो प्राथमिकतामा रहेको बताए।

रमजानको अन्तिममा १० दिन सार्वजनिक विदा दिने घोषणा पनि उनले गरे।

मालदिभ्स १२ सय द्वीपहरुको समूह हो। यसको क्षेत्रफल ३ सय वर्गकिमि छ भने जनसंख्या ४ लाख छ। एजेन्सी 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .