ad ad

ग्लोबल


ट्रम्पलाई गोली हान्ने प्रयास गरेको आरोपमा कारमा भाग्दै गरेका व्यक्ति पक्राउ

ट्रम्पलाई गोली हान्ने प्रयास गरेको आरोपमा कारमा भाग्दै गरेका व्यक्ति पक्राउ

फाइल तस्बिर : डोनाल्ड ट्रम्प


नेपालखबर
भदौ ३१, २०८१ सोमबार ९:२०, काठमाडौँ

अमेरिकी गुप्तचर एजेन्सी एफबीआईले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई फेरि आक्रमण (गोली हान्ने) प्रयास भएको बताएको छ।

बीबीसीका अनुसार यस घटनामा एकजना संदिग्ध पक्राउ परेका छन्। अमेरिकी अधिकारीहरूले यसको पुष्टि गरेका छन्। तर अहिलेसम्म उनको परिचय खुलाइएको छैन।

ट्रम्पलाई गोली हान्ने प्रयास फ्लोरिडास्थित उनको गल्फ कोर्समा भएको हो।

अधिकारीहरूले सिक्रेट सर्भिस एजेन्टहरूले गल्फ क्लबनजिक झाडीमा गोली चलेको बताएका छन्। एफबीआईका अनुसार त्यतिबेला ट्रम्प २७५ देखि ४५५ मिटरसम्म मात्र टाढा थिए।

घटनास्थलबाट एके ४७ जस्ता बन्दुक र स्कोप बरामद भएको छ। साथै घटनास्थलबाट दुईवटा झोला र एउटा गोप्रो क्यामेरा पनि फेला परेका छन्।

प्रत्यक्षदर्शीले के देखे?
प्रत्यक्षदर्शीका अनुसार धेरैपटक गोली चलाएपछि शंकास्पद व्यक्ति झाडीबाट बाहिर निस्केको देखियो। यसपछि उनी कालो निसान कारमा छिट्टै भित्र पसे।

एक प्रत्यक्षदर्शीले नम्बर प्लेटसहित गाडीको फोटो खिचे। उक्त कार क्लबको उत्तर मार्टिन काउन्टीमा रोकियो।

पाम बिच काउन्टीका सेरिफ रिक ब्राडसाले भने- हामीले मार्टिन काउन्टी सेरिफको कार्यालयलाई सचेत गरायौँ। अनि त्यहाँको टोलीले गाडी देख्नेबित्तिकै ती व्यक्तिलाई नियन्त्रणमा लियो।

यस घटनापछि डोनाल्ड ट्रम्पले आफ्ना समर्थकहरूलाई इमेलमार्फत आफू सुरक्षित रहेको बताएका छन्।

ट्रम्पले भने- मेरो गतिलाई कसैले रोक्न सक्दैन। म कहिल्यै हार मान्ने छैन।

सिक्रेट सर्भिसले यस विषयमा अनुसन्धान भइरहेको जनाएको छ।

यसअघि जुलाई १३ मा पनि पेन्सिलभेनियामा चुनावी सभाका क्रममा ट्रम्पलाई गोली हानिएको थियो। गोली उनको कानमा लागेर रक्ताम्य भएको थियो। ट्रम्पको ज्यान बचे पनि उनको भाषण सुन्न आएका एक व्यक्तिको भने मृत्यु भएको थियो। 

यसैगरी ट्रम्पको सुरक्षामा खटिएका सुरक्षाकर्मीले आक्रमणकारीलाई पनि तत्काल गोली हानी मारेका थिए। आक्रमणकारी २० वर्षीय थोमस क्रुक्स थिए।

उनले केवल १३० मिटर टाढा एउटा भवनको छतबाट ट्रम्पलाई गोली हानेका थिए।

ती व्यक्ति यति नजिक आउन कसरी पाए भन्ने विषयमा प्रश्न उठेको थियो। 

घटना भएको दुई हप्तापछि सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चेटलले पदबाट राजीनामा दिनुपरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .