ad ad

ग्लोबल


ट्रम्प खेलिरहेका बेला गल्फ क्लबनजिकै गोली चल्यो

ट्रम्प खेलिरहेका बेला गल्फ क्लबनजिकै गोली चल्यो

नेपालखबर
भदौ ३१, २०८१ सोमबार ७:११, काठमाडौँ

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको गल्फ क्लबनजिकै गोली चलेको छ। 

ट्रम्पको चुनावी अभियान टोलीले विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति सुरक्षित रहेको बताएको छ। 

स्थानीय सञ्चारमाध्यमका अनुसार ट्रम्प इन्टरनेसनल गल्फ कोर्स बाहिर दुई जनाबीच गोली हानाहान भएको हो। 

न्युयोर्क पोस्टले स्रोतलाई उद्धृत गर्दै गोली प्रहार गर्नेहरूले ट्रम्पलाई लक्षित नगरेको बताएको छ। त्यहाँ अहिलेसम्म कोही घाइते भएको खबर आएको छैन।

मिडिया रिपोर्टका अनुसार ट्रम्प आफ्नो गल्फ कोर्समा खेलिरहेका बेला गोली चलेको हो। प्रहरीले गल्फ कोर्स बाहिरको झाडीबाट एके ४७ बरामद गरेको छ।

ट्रम्पका छोराले लेखे...
गोल्फ कोर्स बाहिर भएको यस घटनाको जानकारी दिँदै डोनाल्ड ट्रम्प जुनियरले सामाजिक सञ्जालमा लेखेका छन्- साथीहरू, फ्लोरिडाको वेस्ट पाम बीचमा रहेको ट्रम्प गल्फ कोर्समा फेरि गोलीबारी भएको छ।

स्थानीय प्रहरीले नजिकैको झाडीबाट एक एके ४७ बरामद गरेको छ। ट्रम्पको अभियानले विज्ञप्ति जारी गर्दै पूर्वराष्ट्रपति ट्रम्प सुरक्षित रहेको पुष्टि गरेको छ। अहिले हामी सुनिरहेका छौँ कि एक संदिग्ध पक्राउ परेको छ।

दुई महिनाअघि पनि ट्रम्पलाई हानिएको थियो गोली 
दुई महिनाअघि जुलाई १३ मा पेन्सिलभेनियामा चुनावी भाषण गरिरहेका बेला पनि पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई गोली हानिएको थियो। गोली ट्रम्प कान छेडेर गएको थियो।  तर उनी बाँच्न सफल भए। 

सुरक्षामा गम्भीर त्रुटि भएको भनी आलोचना भएपछि पूर्वराष्ट्रपतिको सुरक्षा गर्ने एजेन्सीका निर्देशक किम्बर्ली चेटलले राजीनामा दिनुपरेको थियो। 

घटनामा ट्रम्पको भाषण सुन्न आएका एक व्यक्तिको मृत्यु भयो। तर, ट्रम्पको सुरक्षामा खटिएका सुरक्षाकर्मीले तत्कालै आक्रमणकारीलाई मारेका थिए। आक्रमणकारी २० वर्षीय थोमस क्रुक्स थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .