ad ad

ग्लोबल


अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यमा हवाई आक्रमण

अमेरिकाद्वारा सिरिया र इराकमा इरानसँग जोडिएका लक्ष्यमा हवाई आक्रमण

नेपालखबर
माघ २०, २०८० शनिबार ८:५२, काठमाडौँ

अमेरिकाले सिरिया र इराकमा इरानसँग जोडिएका सातवटा लक्ष्यमा करिब ३० मिनेटसम्म हवाई हमला गरेको छ। 

यी आक्रमण लामो दूरीका बी-१ सुपरसोनिक बमवर्षकद्वारा गरिएका थिए। यी विमान अमेरिकाबाट उडेका थिए।

अमेरिकाले सिरिया र इराकमा रहेको इरानी रिभोलुसनरी गार्ड्स कोर (आईआरजीसी) को कुड्स फोर्स र इराक र सिरियामा यससँग सम्बद्ध विद्रोही समूहलक्षित आक्रमण गरेको हो।

३० मिनेटभित्रै अमेरिकी बमवर्षकहरूले सिरियाका चार र इराकका तीन स्थानमा ८५ भन्दा बढी लक्ष्यमा आक्रमण गरे।

बीबीसीको समाचारअनुसार यी लक्ष्यमा कमान्ड र कन्ट्रोल अपरेसन, लजिस्टिक हब र ड्रोन भण्डारण एकाइ पर्छन्। 

जनवरी २८ मा उत्तरपूर्वी जोर्डनमा एक अमेरिकी सैन्य आधारमा ड्रोन आक्रमण भएको थियो जसमा तीन अमेरिकी सैनिक मारिएका थिए।

अमेरिकाले यसका लागि इरानसँग सम्बन्धित चरमपन्थी समूहलाई जिम्मेवार ठहर गरेको छ। यस हमलाको जवाफमा अमेरिकाले यी आक्रमण गरेको हो। 

अमेरिकी सैनिक शिविरमा भएको हमलापछि राष्ट्रपति जो बाइडेनले भनेका थिए, ‘यदि कसैले अमेरिकी नागरिकलाई हानि पुर्‍याउँछ भने उसलाई जवाफ दिइनेछ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .