ad ad

समाज


सुनचाँदी व्यापारी पक्राउको विरोधमा भोलि व्यवसायीले जनकपुर बन्द गर्ने

सुनचाँदी व्यापारी पक्राउको विरोधमा भोलि व्यवसायीले जनकपुर बन्द गर्ने

फाइल तस्बिर


नेपालखबर
माघ २०, २०८० शनिबार ९:१०, जनकपुर

राजस्व छलेको आरोपमा प्रहरीले जनकपुरका सुनचाँदी व्यवसायीलाई पक्राउ गरेको विरोधमा जनकपुरधाम उद्योग वाणिज्य संघले भोलि (माघ २१ गते) जनकपुरका पसल र बजार बन्द गर्ने भएको छ। 

व्यावसायीमाथि मुद्दा लगाउने प्रहरीलाई कारबाही हुनुपर्ने मागसहित संघले बजार बन्द गरेर दबाब दिन लागेको हो। 

त्यसको लागि आइतबार मुख्यमन्त्री कार्यालय, प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रशासन कार्यालय धनुषामा ज्ञापनपत्र बुझाउने तयारीसमेत संघले गरेको छ।

व्यापारीको समूहसहित ज्ञापनपत्र बुझाउन जानुपर्ने भएकाले भोलि बिहानदेखि दिउँसो २ बजेसम्मका लागि संघले जनकपुरका बजार, उद्योग र व्यवसायिक प्रतिष्ठान बन्दको आह्वान गरेको हो। 

संघका अध्यक्ष जितेन्द्र महासेठले अपिल जारी गर्दै बजार र पसल बन्द गर्न आह्वान गरेका हुन्।

प्रहरीले गएको मंगलबार र बुधबार गरेर जनकपुरका चारजना सुनचाँदी व्यवसायीलाई राजस्व छलेको आरोपमा पक्राउ गरेको थियो। 

पक्राउ परेका व्यवसायी धरौटीमा रिहा भइसकेका छन्।

राजश्व अनुसन्धान विभाग पथलैयाले जनकपुरस्थित बलराम ज्वेलर्सका सञ्चालक बलराम साहलाई ७ लाख ८० हजार ९७० र अरुण ज्वेलर्सका सञ्चालक अरुणकुमार ठाकुरलाई ४ लाख २७ हजार ३२५ रूपैयाँ धरौटीमा रिहा गरेको छ।

साह र ठाकुरसँगै रोशनी ज्वेलर्सका सञ्चालक अजय साह र संजय साह पनि पक्राउ परेका थिए। उनीहरु पनि रिहा भइसकेका छन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .