ad ad

ग्लोबल


फेला पर्‍यो अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्स, ४ जना बाँच्न सफल

फेला पर्‍यो अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्स, ४ जना बाँच्न सफल

नेपालखबर
माघ ८, २०८० सोमबार ६:४८, काठमाडौँ

थाइल्यान्डबाट मस्को जाँदै गर्दा अफगानिस्तानमा दुर्घटनाग्रस्त एयर एम्बुलेन्स पत्ता लागेको छ। यो विमान बदख्सान प्रान्तको कुफ अब जिल्लामा फेला परेको हो।

समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटनामा चार जना बाँच्न सफल भएका छन् भने बाँकी दुईजनाबारे जानकारी सङ्कलन भइरहेको छ। 

मोरक्कन–रेजिस्टर्ड डसल्ट फाल्कन (डीएफ–१०) विमान एयर एम्बुलेन्सका रूपमा सञ्चालन भइरहेको थियो र थाइल्यान्डबाट मस्को जाँदै थियो।

जहाजमा चालक दलका सदस्यसहित ६ जना सवार रहेको बताइएको छ।

अधिकारीका अनुसार यो विमान इन्धनका लागि भारतको गया एयरपोर्टमा रोकिएको थियो।

सुरुमा यो भारतीय विमान भएको खबर आए पनि भारतको नागरिक उड्डयन विभागले त्यसको खण्डन गरेको थियो।

गया विमानस्थलबाट इन्धन भरेपछि शनिबार साँझ ४:०२ बजे विमान उडेको थियो।

रुसी नागरिक उड्डयन अधिकारीहरूले विमान चालक दलका चार सदस्य र दुई यात्रुसहित बेपत्ता भएको बताएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .