ad ad

ग्लोबल


जापानमा भूकम्प : २०० घर जलेर नष्ट, १९ सय मानिस बुलेट ट्रेन र कारमा फसे

जापानमा भूकम्प : २०० घर जलेर नष्ट, १९ सय मानिस बुलेट ट्रेन र कारमा फसे

नेपालखबर
पुस १७, २०८० मंगलबार १३:१३, काठमाडौँ

जापानमा नयाँ वर्षको पहिलो दिन आएको भूकम्पका कारण इशिकावा शहरका कयौँ स्थानमा आगो लागेको छ।

जापानको इशिकावामा नयाँ सालको पहिलो दिन ७.६ म्याग्निच्युडको भूकम्प आएको थियो।

जापान टुडेका अनुसार यस भूकम्पका कारण अहिलेसम्म ३० जनाको ज्यान गएको छ। अहिलेसम्म ५० भन्दा बढी परकम्प महसुस भइसकेको छ। यी परकम्प ३.४ देखि ४.६ म्याग्निच्युडका छन्। 

इशिकावामा २०० भवन जलेर ध्वस्त भएका छन्। अहिलेसम्म ३२ हजार ५०० घरमा बिजुली गएको छ। यहाँ अझै अर्को भूकम्पको चेतावनी दिइएको छ। 

सोमबार राति जापान सरकारले एक लाख मानिसको घर खाली गर्ने आदे दिएको छ। उनीहरूलाई सुरक्षित स्थानमा पठाइएको छ। तर सुनामीको चेतावनी फिर्ता लिएसँगै कयौँ मानिस घर फर्किएका छन्। 

जापानको सरकारी सञ्चारमाध्यम एनएचकेका अनुसार नोटोमा ५०० जना मानिस पार्किङ गरिएको गाडीमै फसेका छन्। 

अर्कातिर वेस्ट जापान रेलवे कर्पोरेशनका अनुसार १४ सय मानिस बुलेट ट्रेनमा ११ घण्टादेखि फसेका छन्। अधिकारीहरूले ट्रयाकको अवस्था जाँच गर्न होकुरिकु सहरदेखि तोयामाबीचमा बुलेट ट्रेन रोकिदिएका छन्। 

तर केही ट्रेन चल्न थालेका छन्। जापान टाइम्सका अनुसार धेरैजसो ट्रेन मंगलबार ३ बजेपछि मात्रै सञ्चालनमा आउने छन्। 

जापानमा भूकम्पपछि कयौँ ट्रेन र जहाजको उडान रद्द गरिएको छ। नोटो इलाकामा सबैभन्दा धेरै क्षति भएको छ। यहाँ एयरपोर्टको रनवे, टर्मिनल र राजमार्गमा धेरै क्षति भएको छ। यहीकारण कयौँ हवाई उडान पनि रद्द गरिएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .