ad ad

बागमती


टाउको र हात काटेर छुट्ट्याइएको अवस्थामा भेटियो युवकको शव

टाउको र हात काटेर छुट्ट्याइएको अवस्थामा भेटियो युवकको शव

नेपालखबर
पुस १७, २०८० मंगलबार १३:२७, काठमाडौँ

दोलखाको शैलुङ गाउँपालिका-४ काटाकुटीमा एकजना युवकको विभत्स हत्या भएको छ।

शैलुङको काकाकुटीस्थित वीरेन्द्र माध्यमिक विद्यालयनजिकको भिरमा एकजना युवकको शव विभत्स अवस्था भेटिएको हो।

स्थानीयबासीले घोप्टो परेको अवस्थामा युवकको देखेपछि सोमबार बिहान प्रहरीलाई बोलाएका थिए। 

इलाका प्रहरी कार्यालय मागापौवाबाट पुगेको टोलीले घटनास्थल सुरक्षितमा घेराबन्दी गरेपछि जिल्ला प्रहरी कार्यालयको अनुसन्धान टोली त्यहाँ खटिएको थियो। 

प्रहरीको टोलीले घटनास्थलमा पुगेर हेर्दा ती युवकको शव ज्याकेटले टाउको छोपिएको र बायाँ हातको हत्केला नभएको अवस्थामा भेटाएका थिए।

यसरी विभत्स हत्या गरिएका युवक शैलुङ गाउँपालिका-४ मागापौवा निवासी ललितबहादुर भण्डारीका १८ वर्षीय छोरा भीष्म भण्डारी रहेको बागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ। उनको हत्या किन र के का लागि गरियो भन्ने खुल्न सकेको छैन। 

सोमबार मध्यान्ह जिल्ला प्रहरी कार्यालयबाट पुगेको प्रहरी निरीक्षकको टोलीले शवको जाँच मुचुल्का गर्दा टाउको छुट्टिएको अवस्थामा भेटिएको थियो। 

घटनास्थलको जाँचपछि ती युवकको मृत्यु ४/५ दिन पहिले नै भएको देखिएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार उनको टाउको पछाडिको भागमा धारिलो हतियारको चोट देखिएको छ। अर्कातिर नाक भाँच्चिएर हड्डी देखिएको छ। उता दाहिने हातको बुढीऔँला र चोर औँलाको बीचमा २-३ इन्च गहिरो काटिएको चोट पनि देखिएको छ।

अहिले उक्त शवको मुचुल्का उठाएर पोस्टमार्टम गर्न पशुपति चौलागाईँ स्मृति अस्पताल चरिकोटमा राखिएको छ। उक्त शव आफ्नो छोराको भएको सनाखत सोमबारै साँझ शैलुङ-४ मागापौवा निवासी ललितबहादुर भण्डारीले गरेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .