बुधवार भारतीय संसद् परिसरमा भएको गम्भीर सुरक्षा कमजोरीलाई लिएर कम्तीमा पनि सातजना निलम्बित भएका छन्।
यो मामिलामा लोकसभा सचिवालय उनीहरूलाई निलम्बित गरिदिएको प्रेस ट्रस्ट अफ इन्डियाले जनाएको छ।
निलम्बित हुनेहरूमा रामपाल, अरविन्द, वीर दास, गणेश, अनिल, प्रदीप, विमित र नरेन्द्र रहेका छन्।
पीटीआईका अनुसार बुधबार संसद् बैठक हलमै भएको ग्यास प्रयोगको घटनापछि सुरक्षा कडा पारिएको छ। संसद परिसरबाहिर पुलिसको कडा पहरा लगाइएको छ।
गृह मन्त्रालयले केन्द्रीय रिजर्भ पुलिस बल (सीआरपीएफ) का महानिर्देशक अनीश दयाल सिंहको अध्यक्षतामा छानबिन कमिटी बनाएको छ।
गृह मन्त्रालयले जनाएअनुसार जाँच कमिटी संसद्को सुरक्षा भएको कमजोरी र यसको कारण पहिचानमा लाग्ने छ।
69
Shares
प्रतिक्रिया