भारतीय राज्य राजस्थानमा भजनलाल शर्मा मुख्यमन्त्री बन्ने भएका छन्। त्यहाँको विधानसभा चुनाव भारतीय जनता पार्टीले जितेको थियो।
भाजपा नेतृ बसुन्धरा राजेले शर्मा मुख्यमन्त्री बन्ने घोषणा गरिन्।
शर्मा पहिलो पटक विधायक बनेका हुन्। उनले सांगानेर क्षेत्रबाट चुनाव जितेका थिए।
५६ वर्षीय शर्मा राष्ट्रिय स्वयंसेवक संघका कार्यकर्ता थिए।
बसुन्धरा राजे, अर्जुनराम मेघवाल, गजेन्द्रसिंह शेखावत र अश्विनी वैष्णवलाई मुख्यमन्त्रीको प्रमुख दाबेदार मानिएको थियो। तर, तानातानीबीच शर्माले सो पद प्राप्त गर्ने भएका छन्।
यसअघि मध्यप्रदेशमा पनि भाजपाले मोहन यादवलाई मुख्यमन्त्री बनाउने घोषणा गरेर सबैलाई चकित तुल्याएको थियो।
राजस्थानको १९९ सिटमध्ये ११५ मा भाजपाले जित हात पारेको थियो। एजेन्सी
54
Shares
प्रतिक्रिया